Widgets

Home » , » अमेरिकी पूर्व राष्ट्रपति कार्टर काठमाडौंमा

अमेरिकी पूर्व राष्ट्रपति कार्टर काठमाडौंमा

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१६ चैत, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति एवं कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टर नेपाल आउनु भएको छ ।
Jimmy-Carterआसन्न संविधानसभा निर्वाचनका लागि प्रत्साहित गर्न र दिर्घकालीन शान्ति अनुगमन गर्न कार्टर शुक्रबार दिउँसो काठमाडौं आइपुग्नु भएको हो । अघिल्लो संविधानसभा निर्वाचनको अनुगमन गरेको कार्टर सेन्टरले शान्ति प्रक्रियाको पनि अनुगमन गर्दै आएको छ ।
उहाँले आजै राष्ट्रपति डा. रामवरण यादवसँग भेट गर्ने कार्यक्रम छ । ३ दिने नेपाल बसाईका क्रममा कार्टरले अन्तरिम चुनावी मन्त्रिपरिषद्, प्रमुख दलका शीर्ष नेता, नागरिक समाजका अगुवा लगायतलाई भेट्ने कार्यक्रम छ ।
नेपाल भ्रमणको अन्तिम दिन सोमबार पत्रकार सम्मेलन गरेर कार्टरले आफ्नो धारणा सार्वजनिक गर्नु हुने कार्टर सेन्टरले जनाएको छ ।
नेपाल भ्रमणपछि अमेरिकी पूर्व राष्ट्रपति कार्टर म्यानमार जाने कार्यक्रम रहेको कार्टर सेन्टरले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger