भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१६ चैत, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति एवं कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टर नेपाल आउनु भएको छ ।
उहाँले आजै राष्ट्रपति डा. रामवरण यादवसँग भेट गर्ने कार्यक्रम छ । ३ दिने नेपाल बसाईका क्रममा कार्टरले अन्तरिम चुनावी मन्त्रिपरिषद्, प्रमुख दलका शीर्ष नेता, नागरिक समाजका अगुवा लगायतलाई भेट्ने कार्यक्रम छ ।
नेपाल भ्रमणको अन्तिम दिन सोमबार पत्रकार सम्मेलन गरेर कार्टरले आफ्नो धारणा सार्वजनिक गर्नु हुने कार्टर सेन्टरले जनाएको छ ।
नेपाल भ्रमणपछि अमेरिकी पूर्व राष्ट्रपति कार्टर म्यानमार जाने कार्यक्रम रहेको कार्टर सेन्टरले जनाएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.