Widgets

Home » » युएई भन्दै कुवेत लगियो

युएई भन्दै कुवेत लगियो

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, चैत्र १८ - खाडीको संयुक्त अरब इमिरेट्समा क्लिनर काममा लैजाने भन्दै श्रम स्वीकृति लिइएकी नवलपरासीकी एक महिलालाई कुवेतमा हाउसमेड काममा लगाइएको पाएपछि दूतावासले कामदार सारुलाई घर फर्काउने पहल थालेको छ । के एन्ड सी इन्टरनेसनल एजेन्सीबाट कुवेत आएकी नवलपरासी ३६ वर्षीया टीकमाया सारु मानव तस्करीको फन्दामा परेकी हुन् । पुलिस रिपोर्ट प्रमाणीकरणका क्रममा कुवेतस्थित दूतावासमा आएपछि सारु मानव तस्करीमा परेको खुलेको हो । कुवेतस्थित श्रम सहचारी सिर्जना तिवारीले वैदेशिक रोजगार विभागलाई लेखेको पत्रअनुसार यी महिलालाई नेपाल फर्काउने प्रयास भइरहेको छ । श्रम सहचारी तिवारीले सारुलाई झुक्याएर पठाउने के एन्ड सी म्यानपावरलाई मानव तस्करी अभियोगमा हदैसम्मको कारबाही गर्न विभागलाई पत्र लेखेकी छन् । सारुले गत माघ २६ मा विभागबाट श्रम स्टिकर लिएको कागजातमा देखिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger