Widgets

Home » » पत्रकारको क्यामरा फिर्ता गर्न माग

पत्रकारको क्यामरा फिर्ता गर्न माग

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चैत्र १८ - पत्रकार महासंघको स्थानीय शाखाले शुक्रबार समाचार संकलनमा खटिएका सञ्चारकर्मीबाट लुटिएको क्यामरा फिर्ता गर्न माग गरेको छ । पोखरीभन्ज्याङ-४ घर भई व्यास १ हाइस्कुलटारमा बस्दै आएका २२ वर्षीय सुजन तामाङको प्रहरी नियन्त्रणमा भएका बेला बिहीबार राति मृत्यु भएपछि आन्दोलित स्थानीयले शुक्रबार तनहुँ आवाज साप्ताहिकका पत्रकार सरोज पोख्रेललाई कुटपिट गरी क्यामरा लुटेका थिए । महासंघले पत्रकार माथि हातपात र क्यामरा लुटिएकोप्रति खेद व्यक्त गर्दै क्यामरा फिर्ताको माग गरेको हो । प्रदर्शनकारीले ३५ हजार रुपैयाँ मूल्य बराबरको फुजी कम्पनीको कम्प्याक्ट क्यामरा लुटेका थिए । महासंघको शनिबार बसेको आकस्मिक बैठकले उक्त माग गरेको हो । प्रदर्शनकारीले पोख्रेलसहित महिला पत्रकार सोनी खनिया, भन्ज्याङ दैनिकका नारायण खड्का र दमौली एफएमका प्रताप रानालाई हातपात गरेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger