Widgets

Home » » ६३ बर्षे बृद्धले आफ्नै छोरी बलात्कार गरे

६३ बर्षे बृद्धले आफ्नै छोरी बलात्कार गरे

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काभ्रे, चैत्र १७ - पात्लेखेत- ८ का ६३ बर्षे एक बृद्धले डर धम्की देखाई आफ्नै ४० वर्षीया छोरीलाई बलात्कार गरेका छन । पीडितले प्रहरी कार्यालयमा शुक्रवार उजुरी दिएपछि छोरी बलात्कार गर्ने ती ६३ बर्षे बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानका लागि पीडक र पीडित दुवै जनाको स्वास्थ्य जाँच गर्न पठाइएको प्रहरीले जनाएको छ । पीडित महिलाले उजुरीमा उल्लेख गरे अनुसार चैत्र १० गते राति ११ बजे आफ्नै बाबुले मादक पदार्थ सेवन गरी डर धम्की दिई जवरजस्ती करणी गरेका थिए । बलात्कृत छोरीले घटनाको ६ दिनपछि मात्रै प्रहरीमा पीडकलाई कारवाहीको माग गदै उजुरी दिएकी थिइन् । 'पीडितको उजुरीका आधारमा बाबुलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेका छौं,' जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत बहादुर कार्कीले भने, 'अनुसन्धान सकिएपछि दोषी माथि मुद्धा चलाई कारवाही प्रक्रिया अगाडी बढाइने छ ।' घरमा छोरी र बाबु मात्रै बस्दै आएका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger