Widgets

Home » , » अन्जु पन्तपछि फेसबुक हल्लाको शिकार राजेश हमाल

अन्जु पन्तपछि फेसबुक हल्लाको शिकार राजेश हमाल

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

गएको साता भारतीय वेबसाइट र फोरमहरुमा केही वर्षअघिदेखि नै राखिएको एक दम्पतीको चुम्बन दृश्य अन्जु पन्तको भन्दै फेसबुकबाट हल्ला फैलाउने काम भयो। कतिले विश्वास गरे, कतिले गरेनन्। फेसबुकमात्र हैन, केही अनलाइन समेत हल्ला फैलाउन सक्रिय रहे। पछि फोटो भारतीय रहेको प्रचारपछि त्यो कुप्रचार यत्तिकै सेलायो। आजबाट फेरि राजेश हमालको बिहे तीतो सत्यकी दीपाश्री निरौलासँग हुन लागेको भन्दै हल्ला फेसबुकमा डढेलो सरह फैलिरहेको छ। यो पनि अन्जु पन्तको जस्तै हल्लाबाहेक केही हैन। के रहेछ त यो हल्लाको स्रोत ?
हल्लाको स्रोत हो विराटनगरको एउटा अनलाइन आवरविराटनगर। आवरविराटनगर डट कममा हिजो मोहन भट्टराईको बाइलाइनमा दिपाश्रीको विवाह राजेश हमालसंग हुँदैछ: दिपाश्रीका गुरु कामेश्वर शीर्षकमा एउटा समाचार छापिएको थियो। त्यसैबाट तानेर विराटनगरबाटै छापिने विराटपथ दैनिकले आज एउटा समाचार पहिलो पेजको मुख्य समाचार बनाई छाप्यो। एउटा लोकल पत्रिकामा छापिएको समाचारको राष्ट्रिय अझ अन्तर्राष्ट्रियकरण कसरी भयो त? फेसबुकबाट।
के छापिएको थियो आवरविराटनगरमा ?

दिपाश्रीको विवाह राजेश हमालसंग हुँदैछ: दिपाश्रीका गुरु कामेश्वर

दिपा निरौला कसरी दिपाश्री भइन् भन्ने पुरानो रहस्यका साथै दिपाश्रीका गुरु कामेश्वर झाले उनको जीवनको अर्को नयाँ कुराको रहस्य पनि थाहा पाएका रहेछन् । अहिले दिपाश्रीले राजेश हमालसंग विवाह गर्नेवाला छिन् भन्ने कुरा पनि उनले थाहा पाएका रहेछन् । ‘तर मलाई अचम्म लागिरहेको छ’–दिपाश्रीले राजेशसंग विवाह गर्ने कुरा थाहा पाएपछि उनी आश्चर्यमा परेका रहेछन् ‘राजेशले मसंग के भन्थ्यो भने हे दाइ नेपाली केटी मलाई मनै पर्दैन त्यसैले म नेपालीसंग विवाह गर्दिन भन्थ्यो । र उसंग जहिले पनि विदेशी केटी नै साथमा हुन्थी । अहिले सुन्दैछु दिपालाई विवाह गर्दैछ रे, मलाई लाग्छ यो विवाह भए पनि दीर्घकालिन हुदैन ।’ पूरा पढ्नुस्

के छापियो विराटपथमा?

के भन्छिन् दीपाश्री ?

आज विहानै मैंले पनि राजेश दाइसँग मेरो विवाह हुने भनेर कुनै पत्रिकाले समाचार छापेको छ रे भन्ने सुनें । समाचार सुनेर त म अचम्ममा परें । पत्रिका खोजें तर भेटिन । पछि बुझ्दै जाँदा त्यो विराटनगरको स्थानीय पत्रिकाले छापेको रैछ । यो समाचार सरासर गलत हो । यो समाचार सुनेंदेखि म तनावमा छु । नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम तितो सत्यको सुटिङ्गको दिन हो आज । त्यही समाचारका कारण मैंले राम्ररी सुटिङ्ग पनि गर्न सकेकी छैन । आज दिनभरी नै सुटिङ्गमा व्यस्त छु । त्यो झुठो समाचार छाप्ने पत्रिकालाई के गर्ने भन्ने विषयमा भोली तिर राजेश दाइ तथा अरु आफन्तसँग सल्लाह गर्छु र आवश्यक कारवाही अघि बढाउँछु । लण्डनमा भएको कार्यक्रममा एक महिनासम्म राजेश दाई र मसँगै थियौं । हाम्रो टोली केहीदिनअघि मात्र लण्डनबाट फर्किएको हो । त्यसपछि मैंले राजेश दाइसँग भेट्न पनि पाएको छैन ।
पत्रिकाले कामेश्वर झालाई उद्धृत गर्दै मेरो विवाह राजेश हमालसँग हुने भनेर छापेको छ रे । मेरो विवाहका बारेमा बोल्ने अधिकार मेरा बाबु बाहेक अरु कसैलाई छैन । झाले किन त्यस्तो झुठो कुरा गर्नु भयो । त्यो पत्रिकाले मेरो विहेको बारेमा मलाई एक पटक पनि नसोझी किन झुठो समाचार छाप्यो मैंले बुझेको छैन । म जन्मे हुर्केको ठाउँ विराटनगर नै हो । मलाई मेरैं गाउँको पत्रिकाले यस्तो गर्छ जस्तो लागेको थिएन । तर त्यो पत्रिकाले किन त्यस्तो झुठो समाचार छाप्यो म आफैं अलमलमा छु । (उज्यालो एफएमसितको अन्तर्वार्तामा, पूरा पढ्नुस्)

कसरी भयो यस्तो ?

पत्रकारिताको सिद्धान्त केलाएर बहस गर्ने हो भने एकथरिले यो समाचारमा कुनै खोट देखाउन सक्दैनन्। किनभने यहाँ एक जना व्यक्तिले भनेको कुरालाई उद्‍धृत गरिएको छ। ती व्यक्ति दीपाश्री निरौलाका गुरु भनिएको छ। पत्रिकाले मैले भनेको हैन, उनले भनेको हो- उनले जे भने हामीले त्यही छापेको हो भनी बच्न सक्छ। के यो ठीक हो ? यस्तै तर्क गरेका थिए केही अघि मानसिक सन्तुलन गुमाएकी एक महिलाले आफू राजेश हमालकी श्रीमती भनी दावी गर्दा समाचार छाप्नेहरुले पनि। उनीहरुले पनि हामीले भनेका हैनौँ, ती महिलाले भनेको कुरा छापेको त हो नि भन्ने तर्क गरेका थिए। तर पछि साबित भयो, त्यो गलत थियो। कसैले भन्दैमा छापिहाल्ने काम सञ्चार माध्यमको हैन। त्यसको सत्यतथ्य खोतल्ने प्रयास पनि गर्नुपर्छ। अहिलेको केसमा आवरविराटनगरले जे छाप्यो, त्यहाँदेखि गल्ती भएको छ। त्यसैलाई विराटपथले पुष्टि नगरी छापेर अर्को गल्ती गर्‍यो। अब यही समाचारलाई फेसबुकबाट देशविदेशमा फैलाउनेहरुले अर्को गल्ती गरिरहेका छन्। यो विषयमा दीपाश्रीको आफ्नै धारणा सार्वजनिक भइसकेपछि के त्यो हल्ला फैलाउने सबैले त्यो हल्ला थियो भन्ने कुरा पनि फेसबुकबाट फैलाउँछन् त ? यदि फैलाएनन् भने जसले आवरविराटनगर हेरेका छैनन्, जसले विराटपथ पढेका छैनन्, जसले माइसंसार हेर्दैनन्, उनीहरुलाई साँचो कुरा कसरी थाहा हुन्छ ?

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger