Widgets

Home » » चुम्बन प्रतियोगितामा तरुनी तन्नेरीको मस्ती (फोटोफिचर सहित)

चुम्बन प्रतियोगितामा तरुनी तन्नेरीको मस्ती (फोटोफिचर सहित)

Written By sangalo on Wednesday, March 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

माया व्यक्त गर्ने सबैभन्दा राम्रो तथा सभ्य माध्यम हो चुम्बन । वैशालु जोडीहरु प्रेम तथा यौनको आवेगमा आएर एक अर्कामा गहिरो तथा लामो चुम्बनमा लिप्त भएको देख्न पाइन्छ र्सार्वजनिक स्थलमै पनि । आफ्नो मनको मान्छेसँग चुम्बन गर्नुको मज्जा सायद त्यहीँ मान्छेलाई मात्र थाहा हुन्छ जसले यसको अनुभव लिन पाएको हुन्छ ।
1
लुकीलुकी चुम्बन गर्नुपर्ने बाध्यता झेलिरहेकाहरुका लागि यदि खुलमखुल्ला चुम्बन गर्नका लागि कुनै प्रतियोगिता नै भैदियो भने कति मज्जा होला ? त्यस्तो भयो भने प्रेमी प्रेमिकाहरु धित मरुञ्जेल चुम्बन गर्दै को भन्दा को कम ? भन्दै चुम्बनको लडाइँमा उत्रिँदा हुन् । हाम्रो देशका लागि यस्तो प्रतियोगिता केवल कल्पनाको विषय मात्र हो । तर हाम्रै छिमेकी देश चीनमा भने वर्षोनी युवायुवतीहरुबीच चुम्बन प्रतियोगिता हुन्छ । जसमा वैँशले लिप्त तरुनी तन्नेरीहरु विभिन्न आसनमा चुम्बनमा लिप्त हुन्छन् ।
यो पटकको चुम्बन प्रतियोगितामा २ घण्टा ४२ मिनेट सम्म लगातार चुम्बन गर्दै सबैभन्दा लामो समयसम्म चुम्बन गरेर एक जोडीले प्रतियोगिता जित्यो । विजेता बनेसँगै उक्त प्रेमजोडीले १ क्यारेटको हिरा पुरस्कार पायो, जसको मूल्य ५० हजार युआन पर्छ ।
2
प्रतियोगितामा कैयौँ तन्नेरी केटाकेटीहरु आ आफ्नो मनको मान्छेको आलिंगनमा बेरिएर ओँठ जोडाइरहेका थिए । कोही प्रेमीको काँधमा चढिरहेका थिए, कोही कम्मरमा खुट्टा अड्काएर चुम्बनमा मग्न थिए भने कोही उठेको उठै कडा किस दिइरहेका थिए । यो चुम्बन प्रतियोगिता हर्ेन आफ्ना बच्चाबच्ची साथमा लिएर समेत धेरै महिला पुरुष प्रतियोगितास्थल आएका थिए ।
चुम्बन प्रतियोगिताको फाइदा धेरै युवायुवतीले उठाए । कति जोसमा होस गुमाउने केही युवायुवतीको लागि भने यो प्रतियोगिता खासै सुखद रहेन । केही युवायुवती चुम्बनकै दौरान बेहोस पनि बनेका थिए र केहीलाई तत्काल अस्पताल पूराइएको थियो । तर एकाध अपवाद बाहेक सबैजसो युवायुवतीका लागि चुम्बन प्रतियोगिता मौकामा चौका हान्ने पर्व नै सावित भयो ।
4
3

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger