Widgets

Home » » एसएलसी दिएका किशोरीलाई ब्युटी प्याजेन्टमा सहभागी गराउने होडबाजी

एसएलसी दिएका किशोरीलाई ब्युटी प्याजेन्टमा सहभागी गराउने होडबाजी

Written By sangalo on Wednesday, March 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

नेपालमा सौन्दर्य प्रतियोगिताको आयोजना सस्तो बन्दै गएको छ । कुनै समय सौन्दर्य प्रतियोगिताको विजेताको चर्चा निक्कै हुने गर्दथ्यो । तर हिजोआज नेपालकै सबैभन्दा ठूलो ब्युटी प्याजेन्ट भनिएको ‘मिस नेपाल’ को चर्चा समेत सेलाउँदै गएको छ ।यसैक्रममा एसएलसी दिएर बसेका किशोरीहरुलाई समेत विभिन्न ब्युटी प्याजेन्टको नाम दिएर सहभागी गराउने लहर नै चलेको छ । यो बर्ष मात्र एसएलसी दिएर बसेका युवतीहरुलाई सहभागी गराएर २ वटा ब्युटी प्याजेन्टको आयोजना हुने भएका छन् ।
सिजन मिडियाले यो बर्ष पनि ‘एसएलसी पि्रन्सेस’ को आयोजना गर्ने भएको छ । विगत २ बर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दै आएको सिजन मिडियाले आवेदन र्फम खुल्ला गरेको बताएको छ । प्रतियोगितामा विजयी हुनेले २ लाख बराबरको छात्राबृत्ती, ल्यापटप लगायतका पुरस्कार पाउनेछिन् ।
प्रतियोगितामा उपत्यका भित्रबाट ४० र मोफसलबाट १० किशोरीलाई सहभागी गराउने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल असार १ गते हुनेछ । यस्तै एसएलसी दिएर बसेका विद्यार्थीहरुको क्षमता अभिबृद्धी गर्ने उद्देश्यले ‘इ प्लानेट’ नामक संस्थाले पनि ‘मिस एसएलसी’ को आयोजना गर्ने बताएको छ । अडिसनको लागि आवेदन र्फम चैत्रको अन्तिम सातामा खुलाइने आयोजकले बताएको छ ।
ब्युटी प्याजेन्ट नाफामुलक हुँदै गएपछि यसको नाममा व्यापार पनि सुरु भएको छ । नेपालमा विभिन्न नाम दिएर हुने ब्युटी प्याजेन्टका कारण यसको महत्व र चर्चा घट्दै गएको पाइन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger