Widgets

Home » , » मुसर्रफलाई वकिलले जुत्ता हाने

मुसर्रफलाई वकिलले जुत्ता हाने

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१६ चैत, पाकिस्तान । पाकिस्तानका पूर्व राष्ट्रपति एवम् सैनिक शासक परवेज मुसर्रफलाई पाकिस्तानको कराँचीस्थित एक अदालतमा पाकिस्तानी वकिलले जुत्ताले हानेका छन् । पाँच वर्षदेखि निर्वासनमा रहनु भएका पूर्व राष्ट्रपति मुसर्रफले गत आइतबार मात्र पाकिस्तान फर्किनु भएको थियो । पाकिस्तानमा आगामी मे ११ मा हुन लागेको आम निर्वाचनमा भाग लिने उद्देश्यले ६९ वर्षीय मुसर्रफ स्वदेश फर्किनु भएको यसअघि नै समाचारहरुमा बताइएको छ । मुसर्रफ कराँचीको सिन्ध उच्च अदालतस्थित आफ्नोलाई हत्या, षड्यन्त्र र न्याययधीसलाई निलम्बन गरेको भनि लगाएको आरोपमा तोकिएको धरौटीको समय बढाउनको लागि त्यहाँ पुग्नु भएको जनाइएको छ । सोही अवस्थामा अदादलतमा रहेका करिब २० वकिलले ‘यी तानाशाह हुन यिनलाई झुण्डयाउन पर्छ ‘ भन्ने नारावाजी गरेका थिए । नारवाजी गरिरहेका मध्ये एकले मुसर्रफलाई जुत्ता प्रहार गरेको जनाइएको छ । तर मुसर्रफलाई यस जुत्ता प्रहारले नलागेको सञ्चार माध्यमले जनाएका छन् । उहाँलाई जुत्ता प्रहार गर्ने वकिललाई प्रहरीले पक्राउ गरेको छ । यसअघि पनि मुसर्रफलाई स्वदेश फर्किएमा र निर्वाचनमा सहभागी भएमा उहाँको हत्या गर्ने धम्की तालिवानीहरुले दिएका थिए । मुसर्रफले सन् १९९९ रक्तपात बिहीन तरिकाले सैनिक कूबाट शासन अफ्नो हातमा लिएका थिए । सन् २००८ को अगष्ट महिनामा असिफ अलि जरदारी राष्ट्रपति पदमा निवार्चित हुनु भएपछि उहाँले शासन सत्ता छा्ड्नु परेको थियो । त्यसपछि उहाँले पाँचवर्षदेखि निर्वासन जीवन बिताइरहनु भएको थियो । पूर्व राष्ट्रपति मुसर्रफ आˆनो गृह नगर कराँचीमा गत आइतबार फर्किनु भएको हो । तर अशान्त बन्दै गएको पाकिस्तानमा तुलनात्मक रुपमा कराँची झनै खतरनाक सहरका रुपमा रहेको छ । पाकिस्तानको आर्थिक सहरसमेत भनेर चिनिने कराँचीमा हत्या र आक्रमणका कयौँ घटनाहरु सो सहरमा जारी रहेका छन् । रासस/एएफपी

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger