Widgets

Home » » दूध चुसाउने महिलामा क्यान्सरको खतरा कम

दूध चुसाउने महिलामा क्यान्सरको खतरा कम

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

कम्तिमा पनि ६ महिनासम्म बच्चालाई स्तनपान गराउने महिलामा स्तनपान नगराउने महिलामा भन्दा क्यान्सरको जोखिम १० प्रतिशतले कम हुने एक अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरुका अनुसार स्तनपान गराउने महिलामा क्यान्सरको मात्र होइन हृदयाघात तथा मस्तिष्कजन्य रोगका कारण ज्यान गुमाउने जोखिम पनि १७ प्रतिशतले कम हुन्छ ।
brest
विभिन्न ९ वटा युरोपेली देशमा १२ वर्षसम्म गरिएको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको हो । ३ लाख ८० हजार जना व्यक्तिमा गरिएको अध्ययन अनुसार स्वस्थ जिवनशैली अपनाउने मानिसमा क्यान्सर लगायतका रोगबाट मर्ने जोखिम ३४ प्रतिशतले कम हुन्छ । स्वस्थ जिवनशैली अन्तरगत वजन नियन्त्रण, शारीरिक रुपमा सक्रियता, सन्तुलित भोजन, वनस्पतीजन्य खाद्यपदार्थको बढि सेवन, मासु तथा अल्कोहलजन्य पदार्थको सेवनमा कटौती तथा आमाहरुले कम्तिमा ६ महिनासम्म स्तनपान गराउनु लगायतका रहेका छन् ।
अध्ययन अनुसार मद्यमान नगर्ने तथा सागपात र वनस्पतीजन्य खाद्यपदार्थको यथोचित सेवन गर्ने मानिसमा क्यान्सरको जोखिम १७ देखि २१ प्रतिशत सम्मले कम हुन्छ ।
यसअघिको अध्ययनले स्तनपानले महिलामा स्तन क्यान्सरको जोखिम कम गर्ने तथ्यसम्म पत्ता लगाएकोमा यो पटकको अध्ययनले केवल स्तन क्यान्सर मात्र नभएर अन्य विभिन्न खाले क्यान्सरको रोकथाममा पनि स्तनपान सहयोगी हुने तथ्य फेला पारिएको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger