Widgets

Home » » नेपालद्धारा माल्दिभ्स ७६ रनले पराजित (फोटो फिचरसहित)

नेपालद्धारा माल्दिभ्स ७६ रनले पराजित (फोटो फिचरसहित)

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१३ चैत, काठमाण्डौं । राजधानीमा मंगलबारबाट सुरु भएको एसीसी टी-२० एलिट कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ७६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले व्याटिङ थालेको घरेलु टोली नेपालले प्रदीप ऐरीको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७१ रन बनायो ।
news-photo
आक्रमक व्याटिङ गरेका प्रदीपले २६ बलमा ४ छक्का र ८ चौकाको मदतमा ५९ रन बनाए । उनले पहिलो विकेटका लागि सुवास खकुरेलसँग ८० रनको साझेदारी गरेका थिए । सुवास २६ रनमा आउट भए । यस्तै सरद भेसवाकरले १८ बलमा २ छक्का र ३ चौकाको मदतमा ३६ रन बनाए ।
मंजित श्रेष्ठले २०, विनोद भण्डारीले १५, कप्तान पारस खड्काले १० र ज्ञानेन्द्र मल्लले २ रन बनाए । जवाफमा मैदान उत्रिएको माल्दिभ्सले ७ विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सक्यो । उसलाई सस्तैमा समेट्ने क्रममा पारसले ७ रन दिएर २ विकेट लिए भने शक्ति गौचन, मंजित श्रेष्ठ, बसन्त रेग्मी र संजम रेग्मीले समान १-१ विकेट लिए ।
circ-1
circ-2
circ-3
circ-5
circ-6
circ-7
circ-8
circ-9

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger