Widgets

Home » » चुनाबमा गठबन्धन गर्नेबारे कांग्रेसमा मतान्तर कोइराला- गठबन्धन गर्नुपर्छ, देउवा- गर्नुहुँदैन

चुनाबमा गठबन्धन गर्नेबारे कांग्रेसमा मतान्तर कोइराला- गठबन्धन गर्नुपर्छ, देउवा- गर्नुहुँदैन

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Congress-flag१३ चैत, पोखरा । संविधानसभाको चुनावमा गठबन्धन गर्ने कि एक्लै लड्ने भन्नेमा नेपाली कांग्रेसका शीर्ष नेतावीच मत बाझिएको छ । पोखरामा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस सभापति सुशील कोइरालाले लोकतान्त्रिक शक्तिवीच चुनावी गठबन्धन गर्नुपर्ने बताउनुभएको छ भने बरिष्ठ नेता शेरबहादुर देउवाले गठबन्धन नगरी एक्लै चुनाव लड्ने भन्दै सभापतिको खण्डन गर्नुभएको छ ।
सोमबार महिला संघ स्याङ्जाको कार्यक्रममा सहभागी भई फर्केका कांग्रेसका बरिष्ठ ३ नेताहरु मंगलबार बिहान पोखरास्थित कास्की जिल्ला पार्टी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रममा एकसाथ सहभागी भएका थिए । प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी चुनाव कांग्रेसले एक्लै लड्छ कि एमाओवादीले जस्तै गठबन्धन गर्छ भन्ने पत्रकारको प्रश्नमा सभापति कोइरालाले लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जान सकिने बताउनुभयो ।
तर, सुशीलले बोल्दाबोल्दै वीचैमा हस्तक्षेप गर्दै देउवाले भन्नुभयो-’ एमाओवादी फुटेको पार्टी भएकाले उसले गठबन्धन बनाएको हो, हामीले गठबन्धन गरिरहन आवश्यक छैन ।’ तर, चुनावमा गठबन्धन नगरे पनि कुनै पनि क्षेत्रमा लोकतान्त्रिक शक्तिलाई सघाउनका स्थानीयरुपमा तालमेल गर्न सकिने देउवाको तर्क थियो ।
पत्रकार सम्मेलनमा सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि कांग्रेस आफ्नै नेतृत्वमा चुनावमा जाने बताउँदै माओवादीले कांग्रेसको नेतृत्व नमानेकाले रेग्मीको नेतृत्वमा सरकार बनेको र यसले कसैको पक्ष नलिई निश्पक्ष काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
संविधानसभा निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले मधेसी मोर्चा र अन्य केही साना दलहरुसँग गठबन्धन गरी संयुक्त घोषणापत्र बनाएर चुनावमा जाने तयारी थालेका छन् । मोर्चा बनाएर चुनावमा जाने एमाओवादी रणनीतिका कारण कांग्रेस र एमालेलाई पनि लोकतान्त्रिक गठबन्धन बनाउन दबाव सिर्जना भएको छ । कांग्रेसमा जस्तै एमालेभित्र पनि गठबन्धन बनाएर चुनावमा जाने कि एक्लै जाने भन्ने छलफल शुरु भएको छ ।
वैद्यसँग कांग्रेसले छलफल गर्ने
मोहन वैद्य नेतृत्वको मोर्चाले मतदाता नामावलीमा अवरोध गर्न थालेको छ, यो अवस्थामा कसरी चुनाव होला भन्ने पत्रकारहरुको जिज्ञासामा कांग्रेस नेताले चुनाव निर्वाचन आयोगले गर्ने र आफूहरुले वैद्यजीहरुसँग कुरा गर्ने बताए ।
माइकको प्रवन्ध नगरिएको पत्रकार सम्मेलनमा पत्रकारभन्दा बढस् कार्यकर्ताहरुको भीडभाड भएकाले अधिकांश पत्रकारले सभापति कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवाको बोली नबुझिएको गरेका थिए ।
जिल्लामा आयोजित जनवर्गीय संगठनका कार्यक्रममा तीनैजना नेताहरु एकसाथ गएर चुनावका लागि एकताको सन्देश दिन खोजिएको कांग्रेस कार्यकर्ताको विश्लेषण छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger