Widgets

Home » » यात्रुवाहक बससहित तीन जना नियन्त्रणमा

यात्रुवाहक बससहित तीन जना नियन्त्रणमा

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
भद्रपुर, चैत १४ - लागुपदार्थ गाँजा बरामद भएका एक यात्रुवाहक बससहित बसका तीन जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही थालेको छ। काँकडभिट्टाबाट धरानतर्फ गइरहेको को१ख १९२७ नम्बरको चन्द्रमा ट्राभल्सलाई बुट्टाबारीमा सशस्त्र प्रहरी बल सुरक्षा वेश शनिश्चरेबाट खटिएको टोलीले जाँचको क्रममा मङ्गलबार बेवारिसे अवस्थामा उक्त बसबाट साढे ६ किलो गाँजा बरामद गरेको थियो। सो अभियोगमा बसचालक धरान-७ बस्नेहरु रामबहादुर विश्वकर्मा, सहचालक उमेश विश्वकर्मा र कन्डक्टर सविन राईलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय विर्तामोडमा बुझाइएको सीमा सुरक्षा बलको कार्यालय भद्रपुरले जनाएको छ। यसका साथै सशस्त्र प्रहरीको गस्ती टोलीले भारतबाट अवैध रुपमा भित्रिएका रु एक लाख मूल्य बराबरका युरियामलसहित किराना सामान, सूर्तिलगायतका सामान बरामद गरेको छ। सो क्रममा मेचीनगरको सिमल, कुमरखोद गाविस-३ को लसुना र खजुरगाछि-२ को चिलहरा भन्ने स्थानबाट सामानहरु बरामद गरिएको बताइएको छ। बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा बुझाइएको छ। रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger