Widgets

Home » » ए डिभिजन लिग ६ वर्षयता पहिलोपल्ट सामुदायिक क्लबमा जाने पक्का

ए डिभिजन लिग ६ वर्षयता पहिलोपल्ट सामुदायिक क्लबमा जाने पक्का

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, चैत १४ - सहिद स्मारक ए डिभिजन लिगको उपाधि छ वर्षयता पहिलोपल्ट सामुदायिक क्लबमा जाने पक्का भइसकेको छ। अन्तिम दुई चरण खेल्न बाँकी हुँदा साँघुरिएको उपाधि दौडमा थ्री स्टार र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब मात्र बाँकी छन्। पछिल्लो ६ वर्षमा सम्भव सबै लिगमा च्याम्पियन बनेको नेपाल पुलिससहित सुपर लिगका ६ टोली उपाधि होडबाट हटिसकेका छन्। २०औं चरण समाप्तिमा लिगको स्वाभाविक विजेता थ्री स्टार देखिएको छ। तर पिछा गरिरहेको मनाङले गणितीय सम्भावना जीवित राख्दै थ्री स्टारको च्याम्पियन यात्रा पर धकेल्दै लगेको छ। दुई खेल बाँकीमा थ्री स्टारभन्दा मनाङ ५ अंकले पछि छ। यस्तोमा दुवैले टोलीले आज २ भिन्न टोलीसँग खेल्दै छन्। मनाङले पुलिससँग खेलेपछि थ्री स्टारले एनएमबी मछिन्द्रको सामना गर्नेछ। च्याम्पियन बन्न ३७ अंक जोडेको मनाङसँग थोरै विकल्प छ। बाँकी दुवै खेल जितेर ६ अंक जोडे पनि टोली च्याम्पियन बन्छ नै भन्ने अवस्था छैन। त्यसको ठीक विपरीत ८ वर्षपछि लिग च्याम्पियन बन्न थ्री स्टारको हातमा थु्रपै विकल्प छन्। २०६१ यता थ्री स्टार लिग च्याम्पियन बनेको छैन। मनाङले पनि पछिल्लोपल्ट २०६२ सालमा लिग जितेको हो। त्यसयता लिगमा पुलिसको दबदबा रह्यो। यसपटक भने पुलिस सुरुआतबाटै कमजोर रह्यो र मुस्किलले सुपर लिगमा पुग्यो। नतिजामा उतारचढाव भए पनि पुलिस नेपाली फुटबलमा सदाबहार बलियो टोलीमा गनिन्छ। सुपर लिगमा बुधबारलाई निर्णायक दिनमा हेरिएको छ। पुलिस र मनाङबीच हुने खेलको नतिजाले मात्र पनि उपाधि टुंगो लाग्न सक्छ। मनाङ पुलिससँग बराबरीमा रोकिए वा पराजित भए थ्री स्टार मैदान उत्रनुअघि नै ७५ लाख रुपैयाँ पुरस्कारको लिग च्याम्पियन बनिसक्नेछ। मनाङ पराजित भएमा थ्री स्टारलाई बाँकी दुवै खेलको नतिजाको अर्थ हुने छैन। मनाङ विजयी भए थ्री स्टारले बुधबार नै च्याम्पियन बन्न मछिन्द्रलाई हराउनुपर्नेछ। बुधबार मनाङले पुलिसलाई हरायो र थ्री स्टार मछिन्द्रसँग हार्योप भने लिगको रोमाञ्च अन्तिम चरणसम्म जीवित रहने छ। थ्री स्टार प्रशिक्षक प्रदीप हुमागाईं भने उपाधिको छिनोफानो अन्तिम चरणसम्म लम्ब्याउने पक्षमा छैनन्। 'हाम्रा लागि लिग उपाधि मुख्य हो,' यसै सिजनबाट पहिलोपल्ट माथिल्लो स्तरको क्लब सम्हालेका उनले भने, 'अहिले रोमाञ्चकता हाम्रो प्राथमिकतामा पर्दैन। च्याम्पियन हाम्रो एक मात्र लक्ष्य हो। खेलाडी अन्तिम खेलसम्म कुर्ने पक्षमा छैनन्।' पुलिस र मनाङको नतिजा क्लबलाई अर्थपूर्ण रहेको राम्ररी बुझेका उनी भन्छन्, 'हाम्रो टोलीले त्यो नतिजा उत्सुकतापूर्वक प्रतीक्षा गरेको छ। त्यसको नतिजाले हामीलाई केही फरक पर्छ,' उनले थपे, 'त्यो खेल बराबरी भए वा पुलिस जिते हामी मैदान छिर्नुअघि नै च्याम्पियन बनिसकेका छौं। तर हामी आफ्नो खेलमा बढी केन्द्रित छौं। जुनसुकै अवस्थामा पनि हामी आफ्नो खेल खेल्नेछौं।' क्लब परिवारले बुधबारलाई फाइनल दिनमा हेरेको हुमागाईंले प्रस्ट्याए। 'हामी मछिन्द्रसँगको खेलबाटै च्याम्पियन भएर फर्कन चाहन्छौं। मानसिक रूपमा खेलाडीले मछिन्द्रसँगको खेल फाइनलमा लिएका छन्। त्यहीअनुरुप तयारी गरेका छौं।' उता मछिन्द्रका प्रशिक्षक राजुकाजी शाक्य मनाङले पुलिसलाई हराए थ्री स्टार दबाबमा आउने जनाउँदै त्यहीबाट नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन्। 'पहिलो खेल महŒवपूर्ण छ। मनाङ जित्यो भने निश्चित छ, थ्री स्टार दबाबमा आउने छ,' शाक्यले भने, 'दबाबमा खेल्न गाह्रो हुन्छ। हामी त्यसको फाइदा उठाउने प्रयासमा गर्नेछौं। अंकतालिकामा जतिसक्दो माथि चढ्न पनि हाम्रा लागि त्यो खेल महŒवपूर्ण छ।' यद्यपि उनले थ्री स्टार लगभग च्याम्पियन बनिसकेको बताउन छुटाएनन्। 'थ्री स्टार लगभग च्याम्पियन बनिसकेको छ। मात्र गणतीय सम्भावना बाँकी हो,' शाक्यको स्मरण गरे, 'मैले सुरुबाटै थ्री स्टारलाई मुख्य दाबेदार भन्दै आएको छु। थ्री स्टार अन्यभन्दा सन्तुलित टोली हो। घरेलु र विदेशी उत्कृष्ट खेलाडी टोलीमा छन्। भाग्यले पनि साथ दिएको छ।' मंगलबार फागुपूर्णिमा परेकाले नियमित प्रशिक्षणपछि ललितपुरको बाँडेगाउँस्थित ट्रान्सफर्मेसन डेभलपमेन्ट सेन्टरमा टोलीसँग रहेका थ्री स्टार प्रशिक्षक हुमागाईं मेहनतकै कारण भाग्यले साथ दिएको बताउँछन्। 'मैले पछिल्लो ६ महिनादेखि टोलीलाई प्रशिक्षण दिँदै आएको छु। यसबीचमा तीन नकआउट खेल्यौं। उदयपुर र आहा गोल्डकप जित्यौं,' उनले भने, 'तर मैले यो कुनै सफलतामा खुसी मनाइँन। मेरो लक्ष्य भनेको लिग थियो। आज हामी लक्ष्यको नजिक पुगेका छौं। लिग जितेपछि सबै खुसी एकै साथ मनाउने मेरो योजना छ।' थ्री स्टार च्याम्पियन नजिक रहे पनि मनाङले अझै आश भने मारिसकेको छैन। मछिन्द्र र थ्री स्टारको खेलको नतिजा अर्थपूर्ण बनाउन आफ्नो टोलीले पहिलो काम पुलिसलाई हराउनुपर्ने जनाउँदै मनाङ प्रशिक्षक छिरिङ लोप्साङले भने, 'हामीले पहिला आफ्नो खेल जित्नुपर्छ। त्यो जिते मात्र अरु खेलको नतिजा कुर्नुपर्ने हुन्छ। ' पुलिस बलियो प्रतिद्वन्द्वी मान्ने लोप्साङ आक्रामक रूपमा उत्रने बताउँछन्। 'जितबाहेक हामीसँग विकल्प छैन। त्यही लक्ष्यसाथ उत्रने छौं।' कम्तीमा तेस्रो स्थानको सम्भावना जीवित राख्न पुलिसले पनि मनाङलाई हराउन हरसम्भव प्रयास गर्नेछ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger