Widgets

Home » » अमेरिकी विदेश मन्त्री केरी अफगानिस्तान पुगेपछि आक्रमण

अमेरिकी विदेश मन्त्री केरी अफगानिस्तान पुगेपछि आक्रमण

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
जलालाबाद (अफगानिस्तान) चैत १३ - अफगानिस्तानको जलालाबाद सहरमा रहेको एक प्रहरी कार्यालयमा आज बिहान अज्ञात सङ्ख्यामा आएका आतङ्ककारीले आक्रमण गरी तीन प्रहरीसहित नौ व्यक्तिको हत्या गरेका छन्। अफगानिस्तान प्रहरी स्रोतले जनाएअनुसार सो आक्रमणमा अन्य आठ जना घाइते भएका छन्। उनीहरुको अवस्था बारेमा भने केही बताइएको छैन। यस आक्रमणमा मारिनेहरुमा तीन प्रहरी र छ आतङ्ककारी रहेको प्रहरी स्रोतले प्रष्ट पारेको छ। त्यसैगरी सो आक्रमणबाट घाइते हुनेमा छ सर्वसाधारण र दुई प्रहरी रहेको जनाइएको छ।स्थानीय समयअनुसमर मङ्गलबार बिहान ४:३० बजे जलालाबादमा सो आक्रमण भएको जनाइएको छ। अमेरिकी विदेश मन्त्री जोन केरी अफगानिस्तान पुगेको समयमा सो आक्रमण भएको जनाइएको छ। विदेश मन्त्री केरी अघोषित भ्रमणका रूपमा हिजो अफगानिस्तान पुगेका थिए । यस आक्रमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहले जिम्मा नलिएको जनाइएको छ। तर यस्ता आक्रमण बारम्बार तालिवानी आतङ्ककारीले नै गराउँदै आएकोले यसमा पनि उनीहरुको हात रहेको हुनसक्ने अनुमान गरिएको छ। रासस /सिन्ह्वा

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger