Widgets

Home » » निमोनियाका कारण वैद्य वार्ता गर्न नसक्ने अवस्थामा रेग्मी सरकार विघटन गर्ने शर्तमा मात्रै वार्ता : प्रवक्ता भुसाल

निमोनियाका कारण वैद्य वार्ता गर्न नसक्ने अवस्थामा रेग्मी सरकार विघटन गर्ने शर्तमा मात्रै वार्ता : प्रवक्ता भुसाल

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१७, चैत, काठमाडौं । चार दल र सरकारले आन्दोलनरत नेकपा-माओवादीसँग वार्ता गर्ने छुट्टा छुट्टै निर्णय गरेका छन् । सरकारले तीन सदस्यीय वार्ता टोली नै गठन गरिसकेको छ । तर, खास वार्ता गर्नुपर्ने माओवादीका अध्यक्ष मोहन वैद्यचाँहि यतिबेला निमोनियाका कारण थला पर्नुभएको छ । केही दिनयता उहाँ वार्तामा बस्न सक्ने अवस्थामा हुनुहुन्न ।
kiranकेही दिनबाट ओछ्यानमा आराम गरिरहनुभएका वैद्यको स्वास्थ्यमा शनिबारदेखि सामान्य सुधार देखिएको निकटस्थहरुले बताएका छन् । ‘उहाँलाई तीन/चार दिनदेखि निमोनियाले सताएको थियो, आजबाट अलि आराम भएजस्तो छ ।’ माओवादी प्रवक्ता पम्फा भुसालले  भन्नुभयो । उहाँसँग समसामयिक राजनीतिक विषयमा कुराकानी गर्न खोज्दा माओवादी केन्द्रीय सदस्य महेश्वर दाहालले भन्नुभयो-’आजसम्म उहाँ कुराकानी गर्न सक्ने अवस्थामा हुनुहन्न । भोलिबाट सुधार हुन सक्ला ।’
वार्ताको शर्त : रेग्मी सरकार विघटन
सरकार र चारदलले छुट्टाछुट्टै वार्ताको आह्वान गरे पनि नकपा माओवादीले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन । सरकारी प्रस्तावबारे जिज्ञासा राख्दा माओावदी प्रवक्ता पम्फा भुसालले अनलाइनखबरसँग भन्नुभयो-’हामीले पत्रिकाबाट मात्रै वार्ताका कुरो सुनेका हौं, औपचारिक प्रस्ताव आएको छैन ।’
माओवादी वार्ता र संवादको विरोधी नभए पनि वार्ताको पहिलो शर्त चैत्र १ को कदम सच्याउनुपर्ने रहेको भुसालले बताउनुभयो । ‘चैत्र १ को प्रतिगामी कदम सच्याउने, रेग्मी सरकार विघछन गर्ने र गोलमेचमार्फत् राष्ट्रिय सरकार बनाउने हो भने हामी वार्तामा बस्न तयार छौं ।’ उहाँले भन्नुभयो- ‘तर, हामीले मात्रै भनेर पनि हुन्न, हाम्रो गठबन्धनमा रहेका ३३ दलसँग छलफल हुनुपर्छ ।’
नेकपा-माओवादीको केन्द्रीय समिति बैठक चैत्र २८ गते डाकिएको र सो बैठकमा समसामयिक राजनीतिक विषयमा निर्णय लिइने प्रवक्ता भुसालको भनाइ छ ।
‘पहिले रेग्मी सरकार विघटन गरेरमात्रै वार्तामा बस्छौं भनेको होइन, तर त्यसमा पहिल्यै सहमति भयो भने वार्ता गर्न सकिन्छ ।’ भुसालले भन्नुभयो-’ चैत्र १ को प्रक्रिया पनि नसच्याउने अनि वार्ता-वार्ता भन्दै हाम्रा कार्यकर्ताहरु पक्राउ गरिरहने हो भने वार्ता हुँदैन ।’
चैत्र १ मा चार दलले ११ बुँदे सम्झौता गरी त्यही आधारमा खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम चुनाबी मन्त्रिपरिषद गठन गरेका हुन् । वैद्य नेतृत्वको नेकपा माओवादीले साना ३३ दलको गठबन्धन बनाएर सरकारविरुद्ध आन्दोलनको चेतावनी दिइरहेको छ । साथै मतदाता नामावली संकलनमा पनि वैद्यका कार्यकर्ताले देशव्यापी अवरोध पुर्‍याइरहेका छन् । वैद्यलाई चुनावी प्रक्रियामा ल्याउने मनसायका साथ कांग्रेस, एमाले र सरकारले समेत सम्वादको प्रक्रिया थाल्ने बताएका हुन् । तर, प्रवक्ता भुसालको भनाइमा वैद्य पक्षले रेग्मी सरकार विघटनलाई वार्ताको पहिलो शर्त बनाउने स्थिति देखिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger