Widgets

Home » » कसले राख्यो कार्टरको गाडीमा हतियार ? कार्टर चढ्ने गाडीमा कुकुरले भेटेको थियो हतियार

कसले राख्यो कार्टरको गाडीमा हतियार ? कार्टर चढ्ने गाडीमा कुकुरले भेटेको थियो हतियार

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


१७ चैत काठमाडौं । शुक्रबार नेपाल आएका अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर आफूलाई विश्वशान्तिका अभियन्ता भन्न रुचाउँछन् । उनैका नाममा खुलेको ‘कार्टर सेन्टर’ले विश्वका धेरै देशमा शान्ति र लोकतन्त्रका लागि काम पनि गरिरहेको छ । नेपाल आउँदा कार्टरलाई सबैले सत्कार गर्छन् र गरिरहेका पनि छन् । तर, नेपाल प्रहरीको आधिकारिक वेभसाइटमा भने शान्तिका दूत अमेरिकी पूर्वराष्ट्रपति कार्टरको सवारी चलाउन ठिक्क पारेको गाडीमा विगतमा रहस्यमय तरिकाले हतियार फेला परेको तथ्य अहिलेसम्म मेटिएको छैन । सन् २००८ अपि्रल ६ देखि १४ सम्म ८ दिन नेपाल बसेका कार्टरले देशका विभिन्न भागमा संविधानसभा निर्वाचनको प्रत्यक्ष अनुगमन गरेका थिए । त्योभन्दा ४ महिनाअघि सन् २००७ नोभेम्बर २० देखि २४ सम्म उनले नेपालको भ्रमण गरेका थिए । संविधानसभा चुनावपूर्व ०६४ मंसिर ४ देखि ८ गतेसम्म नेपाल बसेका शान्तिका हिमायती जिम्मी कार्टरको बसाइ सोल्टी होटलमा थियो । त्यहीबेला नेपाल प्रहरीका स्निफर कुकुरहरुले एकाएक सोल्टी होटलको प्राङ्गणमा रहेको कार्टरले प्रयोग गर्ने कार्गेड गाडी सुँध्न थाले । तत्काल प्रहरीहरुले गाडी खोलेर हेरे, जहाँ गाडीभित्र लुकाइराखेको हतियार फेला पर्यो । आफूलाई शान्ति दूत बताउने पूर्वराष्ट्रपति कार्टरको गाडीमा त्यसरी हतियार फेला परेको घटनालाई नेपाल प्रहरीले अपराध अनुसन्धानमा पाएको सफलताका रुपमा लिएको छ । नेपाल प्रहरीको आधिकारिक वेभसाइटमा कुकुरको माध्यमबाट गरिएका सफल अनुसन्धानहरुको सूचिमा अन्य आपराधिक घटनासँगै कार्टरको गाडीमा हतियार भेटिएको घटनालाई पनि महत्वका साथ राखिएको अहिले पनि सहजै हेर्न सकिन्छ । मंसिरमा झण्डै हतियारधारी गाडी चढेका कार्टर सोहीसालको चैत्रमा निर्वाचन हेर्न नेपाल आए । त्यसबेला भने उनको गाडीमा कसैले हतियार फेला पारेन । तर, चुनाबको परिणाम आएपछि कांग्रेस र एमाले लगायतका दलहरुले संविधानसभाको निर्वाचन निश्पक्ष हुन नसकेको भन्दै गुनासो पोखे । कार्टर सेन्टरले चाँहि चुनावमा धाँधली भएको नपाइएको र शान्तिपूर्ण रुपमा सम्पन्न भएको रिपोर्ट दियो, जसले उनले गरेको अनुगमनको निश्पक्षतामाथि केही नेताहरुले गुनासो गरे । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले आयोगबाट राजीनामा दिएर अमेरिकाको हारवर्ड युनिभर्सिंटीमा अध्ययन गर्न गएका बेला जिम्मी कार्टरलाई भेट्दा कार्टरले समेत पोखरेलसँग यसविषयमा कुरा उठाएको चर्चा उतिबेलै चलेको थियो । चुनाव हुने सुन्नासाथ नेपाल आउने गरेका कार्टर यसपालि पनि संविधानसभाको निर्वाचन हुन लागेको सुनेपछि आएका हुन् । ‘अपि्रल फूल’का दिन पत्रकार सम्मेलन गरेपछि उनी म्यानमार जाने कार्टर सेन्टरले जनाएको छ । नेपाली कुकुरहरुको करामत नेपाल प्रहरीमा कुकुर सेवा विसं ०२६ सालदेखि शुरु भएको हो । त्यसबेला केही प्रहरी अधिकृतहरुलाई मलेसियामा कुकुर तालिमको लागि पठाई त्यहीँबाटै ४ वटा तालिमप्राप्त कुकुर ल्याएर कुकुर सेवाको थालनी गरिएको हो । ०३२ सालमा नेपाल प्रहरीमा १० जना दरबन्दीसहितको कुकुर शाखा स्थापना भयो । प्रहरीका अनुसार ०४७ सालपछि केन्द्रीय कुकुर तालिम स्कूल र पाँचै विकास क्षेत्रमा क्षेत्रीय कुकुर शाखाको स्थापना गरिएको छ । अहिले नेपाल प्रहरीसँग अनुसन्धानका लागि ५० वटा कुकुर छन् । केन्द्रीय प्रहरी कुकुर तालिम स्कूलमा ४१, पश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखा पोखरामा ५ र पूवई क्षेत्रीय प्रहरी कार्यालय कुकुर शाखा धरानमा ४ वटा कुकुर रहेका प्रहरीले जनाएको छ । कुकुरले महत्वपूर्ण सूचना पत्ता लगाएर अपराध अनुसन्धानमा ठूलो सघाउ पुर्याउने गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार कुकुरको प्रयोगबाट प्राप्त सफलताका केही घटना यस्ता छन् : · २०४० सालमा दोलखा चरिकोटको मकैबारीमा आफ्नै काकाकाकी र बहिनीलाई सुतिरहेको अवस्थामा खुकुरी प्रहारबाट हत्या गरी फरार अभियूक्त शोभा श्रेष्ठलाई कुकुरद्वारा पक्राउ । · २०५३ फागुनमा काठमाडौंको बुढानिलकण्ठमा एक ६० वषिर्या बृद्धालाई घाँटी थिचेर हत्या गरी फरार भएका अभियुक्तलाई कुकुरद्वारा पक्राउ । · २०५४ साल असारमा सिन्धुपाल्चोक घुस्कन १ का अजोध्या तिमिल्सिना सहित ३ जनालाई सुतिरहेको अवस्थामा खुकुरीले घाँटी रेटी हत्या गरेको मुद्दामा कुकुरले संकेत गरेको व्यक्तिले अपराध स्वीकार गरेको । · २०६४ मंसिरमा अमेरिकाका भूतपूर्व राष्ट्रपति जिमी कार्टरको सवारी चलाउने कार्गेड गाडीमा स्फेनर कुकुरहरुद्वारा गराउँदा हतियार फेला परेको । · २०६४ अशोजमा माओवादी कार्यकर्ताको अपहरमा परी हत्या गरिएका पत्रकार बीरेन्द्र शाहको शव बाराको डुमरवाना ७ टागिया बस्तीको पूर्वी जंगजमा छ भन्ने शंकाको आधारमा उक्त स्थानमा कुकुरद्वारा खोजी कार्य गराउँदा पत्रकार शाहलाई हत्या गरी शव गाडिएको स्थानलाई २०६४ कात्तिक २३ गते कुकुरद्वारा पत्ता लगाइएको । · २०६२ पुसमा पोखरा रंगशालाको गेटमा विशिष्ट व्यक्तिहरुलाई लक्षित गरी जमिन मुनी लुकाई बिष्फोट गराउन विद्युत्तीय तारको माध्यमद्वारा तयारी हालतमा राखिएको ठूलो परिमाणको झण्डै २० केजी बिष्फोटक पदार्थ लुकाएको स्थानलाई कुकुरले पहिचान गरी ठूलो मानवीय क्षति हुनबाट बचाएको । · २०६५ पुसमा काठमाडौं ठमेलस्थित भिया होटल, बिन्दाबासिनी गेष्ट हाउस, सुप्रिम गेष्ट आउस र होटल पटलामा कुकुरद्वारा खोजी गराउँदा केही परिमाणमा लागुऔषध फेला परेको । · २०५८ पुसमा सुनसरी पाँचकन्या गाविस ३ का पृथ्वीबहादुर थापा र जसबहादुर राईको हत्यामा संलग्न फरार अभियुक्तलाई कुकुरद्वारा पक्राउ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger