Widgets

Home » » तराईको सशस्त्र समूहले हतियार बुझायो

तराईको सशस्त्र समूहले हतियार बुझायो

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१७ चैत, नेपालगञ्ज । जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (भगतसिंह समूह) ले नेपालगञ्ज जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रम आयोजना गरी नेपाल सरकारलाई बम, बन्दूक र अन्य हतियार बुझाएको छ । सरकारलाई शनिबार बुझाइएका हतियारहरुमा नलकटुवा पिस्तोल १७ थान, सकेट बम १ सय २६ थान, घडीसहितका टाइम बम ५ थान, प्रेसर कुकर बम २ वटा र बारुद २० किलो रहेको छ । त्यसैगरी अटोमेटिक पेस्तोल १ थान, हाते गि्रनेट ६, भरुवा बन्दुक १, १२ बोरको कारतोस २१, तार फ्युज आधार रोल र १२ बोरको बन्दुक ३ वटा रहेका छन् । ३६ गि्रनेट एउटा । डेटोनेटर ५, डाइनामाइड १ थान, श्रीनटथ्री र एसएलआरका गोली २७ र पेस्तोलका गोली ३ थान समेत सरकारलाई जिम्मा लगाइएको छ । वार्ता टोली संयोजक मनोज मण्डल सुवासको नेतृत्वमा हतियार बुझाइएको हो । हतियार जिम्मा लिने कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे,बाँकेका प्रहरी प्रमुख एसपी भूपालकुमार भण्डारी र सशस्त्र प्रहरी सीमा सुरक्षा बलका एसपी वीरेन्द्रराज श्रेष्ठलगायतको सहभागिता थियो । सशस्त्र समूहका बब्लु भन्ने सहबाज आलम खाँ प्रल्हाद महरा, साजन मुकेरी र मनोज मण्डलको उपस्थिति थियो । हतियार जिम्मा लिने कार्यक्रममा बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी पाण्डेले हतियार छाडेर शान्ति प्रक्रियामा आएकाले शान्ति सुरक्षाको आवइश्यकता परे सरकारले सुरक्षा दिने बताए । जिल्ला प्रशासनले हतियार बुझेको खण्डमा बर्दियामा पनि यसैगरी हतियार बुझाउने मनोजले कार्यक्रममा बताएका छन् । आफूहरुले संगठनको अस्तित्वका लागि हतियार बोकेको भन्दै कसैलाई यसबाट दुख पुगेको भए माफी दिनसमेत आग्रह गरे । उनले जातीय आधारमा संघीयता हुन नहुने समेत बताए । आफूहरु वैचारिक ढंगले संघर्षमा लाग्ने उनले बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger