Widgets

Home » » कतार छिरेका लाल बहादुर १७ बर्ष पछि साउदीमा अलपत्र

कतार छिरेका लाल बहादुर १७ बर्ष पछि साउदीमा अलपत्र

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

budhathoki

रोजगारका लागि २०५३ सालमा कतारको एक कृषि कम्पनी (मजरा) मा आएका रहेछन् । कृषि कम्पनी मै काम गर्ने भए पनि उनले केहि पैसा कमाउन सफल भएछन । उनले सबैभन्दा बढी माया गर्ने र सबैभन्दा बिश्वास गर्ने आफ्नी अर्धांगिनी प्यारी श्रीमतीको खुशीको लागि र प्यारा दुई छोरा र प्यारी दुई छोरीहरुको भविष्य निर्माणको लागि जे जस्तो दु:ख, पिडा र समस्याहरुलाई पनि सामना गरेर उनले १४ बर्ष सम्म कतार मै खेतीपाती कै काम गरी बसे । तीन बर्ष अगाडी बुढाथोकी मगरलाई उनको कतारी मालिकद्वारा साउदी अरबिया ल्याइयो । साउदीमा पनि ती कतारीको केहि कृषि समन्धि कै जमिन भएकोले त्यहि काम गराउन उनलाई ल्याइएको रहेछ । उनि कतारमा रहदा उनले जति कमाए र जति सुबिधाहरु उनले पाउथे, त्यो कमाई र सुबिधाहरु साउदी आएपछि सबै कटौती भएछ । उनको भनाई अनुसार उनले साउदीमा आएपछि सधै धेरै समस्याहरुको सामना गर्नु पर्यो । साउदीको श्रम विभागमा उनको नाम दर्ता भएको थिएन । उनलाई उनको मालिकले साउदीमा तीन-तीन महिनाका लागि visit visa मा प्रवेश गराउदा रहेछन । बुढाथोकी मगरलाई पछिल्लो दिनहरुमा ती कतारीको कृषि कम्पनी (मजरा) मा काम गर्न निकै कष्टकर भयो । सहनै नसक्ने भएपछि उनि २०११ को जुलाई महिनामा उनको मालिकलाई जानकारी गराएरै ती कतारीको मजरादेखि बाहिरियो । केहि साथीभाईहरुको सहयोगमा विभिन्न कम्पनीहरुमा अबैधानिक तरिकाले लुकिछिपी काम गरेर केहि पैसा कमाउन पनि सफल भए उनी । लाल बहादुर बुढाथोकी मगरले जति पैसा कमाएका थिए, ति सबै पैसाहरु उनलाई सबै भन्दा बिश्वास लाग्ने आफ्नी अर्धांगिनीको नाममा पठाई सकेका रहेछन् । उनको १५-१६ बर्षको कमाईले रुपन्देहीको खैरेनी-८ मा चार कोठे घर निर्माण गरि सकेको र दश कट्ठा खेत पनि जोडी सकेको रहेछ । बिडम्बना, जीवनभर सँगै जिउने कसम खाई बिबाह बन्धनमा बाँधिएका उनकी अर्धांगिनीले चार बाल बच्चाहरुलाई अलपत्र छाडी केहि महिना अगाडि उनले पसिना बगाइ खाई नखाई कमाएर पठाएको दश लाख रुपैया लिएर अर्कैसँग हिडिछन् । यो कुरा थाहा पाएपछि लाल बहादुर बुढाथोकी मगर स्वदेश फर्कने निर्णय गरे, तर, उनी साउदीमा अबैधानिक रुपमा साउदी अरबियामा रहेकोले स्वदेश फर्कन सफल हुन सकेको छैनन् । गत जनवरीमा स्वदेश फर्किन भनि उनले २२ सय साउदी रियाल अथवा पचास हजार नेपाली रुपैया एक नेपाली (दलाल जसको साउदी Deportation को प्रहरीसँग मिलेमतो हुन्छ) सहयोगमा साउदी दमामको निर्वासन (Deportation) जेलमा छिरेछन । १४ दिन जेल बसेपछि उनको हुरूप (कुनै पनि कामदार कम्पनि छाडेर अबैधानिक तरिकाले लुकी छिपी काम गर्यो भने ती कम्पनीले साउदीको श्रम बिभागमा यो व्यक्ति अहिले हाम्रो अधिनमा छैन, कुनै पनि अपराधिक कार्य उक्त भगौडा कामदारबाट हुन गएमा कम्पनी जिम्मेवार हुने छैन भनि भगौडा कामदारको राहदानी साउदी श्रम बिभागमा बुझाउदा रहेछन र त्यसलाई हुरूप गरेको भनिदो रहेछ) जारी नभएकोले उनलाई जेलबाट बाहिर निकालिएछ । उनले पचास हजार रुपैया खर्च गरेर पनि साउदी जेल मार्फत स्वदेश फर्कन असफल भए । त्यसपछि उनी साउदी अरबियाको नेपाली दूताबासको शरणमा पुगेर स्वदेश फर्कन पाऊँ भने । दूताबासका श्रमसहचारी कृष्ण प्रसाद दवाडीले लाल बहादुर बुढाथोकी मगरको उद्धारको पहल सुरु गरे । उनको कतारी मालिकलाई फोन सम्पर्क गरी तिम्रो कामदार नेपाल पठाउन सहयोग गर्नु पर्यो भनि अनुरोध गर्दा उनको राहदानी हुरूप गरि सकेको, उनको कृषि कम्पनी (मजरा) बाट डेढ बर्ष अगाडि नै बाहिरी सकेको र बुढाथोकी मगरको लागि अब कुनै पनि जिम्मा लिन नसक्ने कतारीले बताए । उनको बिषयलाई लिएर आईन्दा कुनै पनि फोन सम्पर्क नगर्नु भनि दूताबासलाई जवाफ दिएको जानकारी बुढाथोकी मगरले हामीलाई बताए । यी सबै माथिको घटना क्रमहरुबाट के भन्न सकिन्छ भने, बुढाथोकी मगरको राहदानी साउदी अरबियाको श्रम बिभागमा कुनै पनि अबस्थामा हुरूप नगरेको हुन सक्ने निश्चित देखिन्छ । किन भने, उनलाई साउदी अरबियामा भ्रमण भिषामा प्रवेश गराइएको छ । उनको साउदी अरबियाको रोजगारी सम्बन्धि साउदी सरकारको श्रम बिभागसँग कुनै सरोकार नहुने देखिन्छ । उनको बैदेशिक रोजगार सम्बन्धि दर्ता कतार सरकारको श्रम बिभागमा अबश्य हुनु पर्छ । त्यसैले बुढाथोकी मगरको राहदानी ती कतारी मालिकले कतार कै सरकारको सम्बन्धित श्रम बिभाग अथवा प्रहरी प्रशासनमा हुरूप गरेको हुनुपर्ने अड्कल गर्न सकिने अवस्था देखिन्छ । नेपाली दूताबास साउदी र कतारमा रहेको नेपाली दूताबासबीच यो संबेदनशील र जटिल बिषयमा समन्वय गरी ती कतारीसँग भेटेर बुढाथोकी मगरलाई बैधानिक रुपमै स्वदेश पठाउन सम्बन्धित सबैलाई अनुरोध गर्ने बाहेक अर्को विकल्प नभएको ठहर गर्न सकिन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger