भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
होली भन्ने बित्तिकै म विराटनगर सम्झन्छु। काठमाडौंमा बस्न थालेको २० वर्ष भैसक्दा पनि विराटनगरको होली बिर्सन सकेकी छैन। मधेसमा होलीको रौनक नै अर्कै हुन्छ। थरी-थरीका रङ दलेर जोगिरा सररभन्दै रिक्सा र गाडीमा ठूला-बडा मानिस कसरी लाज नमानि दौडिन सकेका होलान्, उनीहरूलाई यस्तो हिम्मत केले दिन्छ भनेर मलाई अचम्म लाग्थ्यो। ठूली हुँदै गएपछि आफू पनि त्यही तालमा हिँड्ने भैसकेकी थिएँ। त्यो हिम्मत भाङको घोट्टा -सर्वत)ले दिँदो रहेछ। मैले चार वर्षको उमेरमै भाङको घोट्टा चाखेकी थिएँ। सानामा हेरचाह गर्ने मगर दाइले मलाई घोट्टा चाख्न दिनुभएको थियो। मिठो लागेर धेरै दिनु भनेर मागेकी थिएँ, उहाँले नानी तिम्रो यो खाने बेला भएको छैन भनेर सम्झाउनुभएको थियो। प्रत्येक होलीमा भाङको घोट्टा बनाउने जिम्मा उहाँकै थियो। उहाँले भाङको दानासँग अलैंची, मरिच, चिनी वा सक्खर रामोसँग पिस्नुहुन्थ्यो। अर्कातिर दूध तताउनुहुन्थ्यो। अब तातेको दुधमा पिसेका सामग्रीहरू मिसाएर घोट्नुहुन्थ्यो। त्यसपछि त्यसलाई पि|mजमा राखिन्थ्यो। तराईमा गर्मी सुरु भैसक्ने भएकाले पि|mजमा राखेको त्यो चिसो सर्वत पेटभरि खाएपछि मानिसमा भाङको नशा चढ्थ्यो। त्यसपछि कोही देशमा प्रजातन्त्र ल्याउनुपर्छ भनेर भाषण गर्न थाल्थे, कोही हास्न थाल्थे त कोही रुन-कराउन थाल्थे भने कोही रिक्सा, गाडी वा मोटरसाइकलमा सहर घुमेर जोगीरा सरर भन्दै डुल्न थाल्थे। यस्ता दृश्य तराईभरि जताततै देख्न पाइन्थ्यो। त्यो बेला मैले विराटनगरमा मात्नेगरी धेरैपटक भाङ खाएकी थिएँ। केटाहरूले धेरैपटक फकाइफकाइ भाङ ख्वाउँथे। भाङ खाएपछि सहर डुल्न अप्ठारो लाग्दैनथ्यो। राम्री युवतीलाई लिएर सहर डुल्न युवाहरू जहिले पनि अघि नै हुन्थ्ो। काठमाडौं आएपछि त्यस्तो अवसर पाएकी थिइन। पो होर साल भने अचानक दिल खोलेर भाङ खाने अवसर मिल्यो। सामाखुसीमा तराईकै जस्तो राम्रो भाङ घोट्टा पाइन्छ भन्ने सुनेकी थिएँ। एकजना भाइले त्यो ल्याउने व्यवस्था मिलाए। विराटनगरको पुरानो सम्झना ताजा भयो। मैले र लुना दिदीले एकाबिहानै त्यो घोट्टा अघाउन्जेल पिइदिऔं। ८ बजेतिर दीपकलाई अनामनगरमा भेट्ने कार्यक्रम थियो। म बानेश्वरबाट आफ्नो गाडी चलाएर दिदीसँग अनामनगर आइपुगें। त्यहाँ कफी पिउँदै दीपकलाई पर्खने क्रममा दिदीलाई नराम्रोसँग भाङ लाग्यो। हेर्दाहेर्दै उहाँ फिँज काट्न थाल्नुभयो। मानिस जम्मा हुन थालेपछि हतार-हतार उहाँलाई गाडीमा हाले र टाउकोमा पानी खन्याएँ। अस्पताल लानु कि दीपकलाई पर्खेर बस्नु दोधार भैरहेका बेला मलाई पनि भाङ लागिहाल्यो। त्यसपछि दिनभरि विभिन्न मिडियाका कार्यक्रममा पुगेछु, हल्ला गरेछु। लास्टमा बानेश्वरको एउटा रेस्टुराँमा बसेर वियर पिएछौं, तर केही थाहा भएन। भोलिपल्ट पत्रपत्रिकामा मेरा बिन्दास पोजका तस्बिरहरू छापिएका रहेछन्। सेलिब्रेटी भएपछि कपितय अवस्थामा रमाइलो गर्न पाइँदैन। कसले के भन्ला भन्ने डर भैरहन्छ। पोहोर साल भाङले ती सबै डर मेटाइदियो। म सेलिब्रेटी हुँ भन्ने बिर्सिएपछि गरेको रमाइलोका कारण आज पनि पत्रकार साथीहरू भन्नुहुन्छ, ‘के हो दीपा, यसपटक पनि त्यस्तै रमाइलो गर्ने विचार छ ? छ भने भन हामी क्यामेरा लिएर तिम्रापछि बिहानैदे खि दौडिन्छांै।’
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.