Widgets

Home » » सिक्किमका मुख्यमन्त्रीले गरे १९५० को सन्धीको विरोध

सिक्किमका मुख्यमन्त्रीले गरे १९५० को सन्धीको विरोध

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

sikkim_pawan१७ चैत, काठमाडौं । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले नेपाल-भारतवीच सम्पन्न सन् १९५० को शान्ति तथा मैत्री सन्धीको आलोचना गरेका छन् । सिक्किमको गान्तोकमा आयोजित साहित्यिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री चाम्लिङले १९५० को सन्धीले भारतमा रहेका नेपालीमाथि अन्याय भएको बताएका छन् ।
सिक्किमबाट प्रकाशित हिमालय दर्पण नेपाली दैनिकले शनिबार आफ्नो मुख्य समाचारमा लेखेको छ- ‘मुख्यमन्त्री चाम्लिङले सन् १९५०को सन्धिले भारतीय नेपालीहरुलाई आघात पुर्याएको बताउँदै सिक्किम, दार्जिलिङ, असम, भाक्सु तथा देशका विभिन्न प्रान्तमा छरिएर बस्दै आएका भारतीय नेपालीहरुको अस्थित्वलाई संकटमा पार्ने यस गम्भीर विषयमा बुद्धिजीवीहरुलाई चिन्तन गर्न सुझाव दिएका छन् ।’
सन्धीको धारा ७ ले नेपाल र भारतका नागरिकहरु एक अर्काका मुलुकमा गएर व्यापार व्यवसाय गर्न र जागिर खान पाउने प्रावधानले भारतका खाटी नेपालीलाई आघात पुगेको चाम्लिङलाई उधृत गर्दै हिमालय दर्पणले लेखेको छ । दर्पण लेख्छ- ‘धारा ७ अनुसार नेपाल सरकार र भारत सरकारले आफ्ना राज्यक्षेत्रमा रहेका अर्को मुलुकका रैतीलाई निवास, सम्पत्तिको भोग, व्यापार वाणिज्यमा भाग लिन, हिँडडुल गर्न र अरु यस्तै प्रकारका विशेष अधिकारहरुका विषयमा पारस्परिक तौरले समान अधिकार दिन सहमति छन् ।’ भारतीय पत्रिकाका अनुसार यसअघि गोर्खाल्याण आन्दोलनका बेला सुवास घिसिङले पनि १९५० को सन्धीको धारा ७ खारेज हुनुपर्ने माग गरेका थिए ।
कार्यक्रममा मुख्यमन्त्री चाम्लिङले सिक्किममा नेपालीहरुको ठूलो जनसंख्या रहेको भन्दै यसबाट जातीय एवं राष्ट्रियताको समस्याले सिक्किमेहरु पिरोलिएको बताएका छन् ।’हामी नेपालीभाषी भारतीय हौं । हाम्रो जातिमाथि आइपरेको संकट, आरोप र आक्षेपमाथि हामीले विरोध, खण्डन र भत्सर्नाको रेकर्ड गराउन सक्नुपर्छ ।’ दर्पण आफ्नो मुख्य समाचारमा लेख्छ-’चाम्लिङ्गको यस सम्बोधनले भारतीय नेपाली वा भारतीय गोर्खा भन्ने विवादमा पुनः हावा भर्ने काम भएको छ । नेपाली भन्नाले नेपालको राष्ट्रियता बुझ्ने गरेको तथा भारतीय नेपालीहरुलाई पनि नेपाल नागरिक नेपालीहरुसँग मुछेर हेर्ने गरिएको बताउँदै तिनले विवादलाई पुनः उठाएका छन् ।’
आफ्नो छोरामार्फत् नेपालको क्यासिनोमा लागानी गर्न सहमत देखिएका र यही सिलसिलामा केही महिनाअघि नेपाल भ्रमणसमेत गरेका मुख्यमन्त्री चाम्लिङले सिक्किम महाविद्यालयकी नेपाली विभाग प्रमुख डा. पुष्पा शर्माको ‘सिक्किममा नेपाली कविता’ नामक ६ सय ६१ पृष्ठको पुस्तक विमोचन कार्यक्रममा शुक्रबार १९५० को सन्धीको आलोचना गर्न त्यहाँका बुद्धिजीवीहरुसँग आग्रह गरेका हुन् ।
नेपाली र भारतीयको विरोधमा भिन्नता
नेपालका वामपन्थी दलहरुले पनि १९५० को नेपाल भारत सन्धीको विरोध गर्दै आइरहेका छन् । अहिले पनि वैद्य नेतृत्वको नेकपा माओवादी यो सन्धीको चर्को आलोचक रहेको छ । तर, नेपालीहरुले गरेको यो सन्त्रीको आलोचना र भारतीय नेापलीले गरेको आलोचनाको अन्तर्यमा केही भिन्नता देखिन्छ । नेपालीहरु आफ्नो देशमा भारतीयहरुको निर्वाध प्रवेशबाट चिन्तित छन् भने भारतीय नेपालीचाँहि नेपालबाट भारतमा हुने गरेको निर्वाध प्रवेशबाट चिन्तित हुँदै सन्धीको धारा ७ को विरोधमा लागेका हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger