Widgets

Home » » चुनाबमा लाग्न शीर्ष नेतालाई राष्ट्रपतिको आग्रह

चुनाबमा लाग्न शीर्ष नेतालाई राष्ट्रपतिको आग्रह

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


१७ चैत, काठमाण्डौं । राष्ट्रपति डा रामवरण यादवलाई चारदलका शीर्ष नेताले आज भेट गरी संविधानसभाको नयाँ निर्वाचनका बारेमा भइराखेको प्रगतिका सम्बन्धमा जानकारी गराएका छन् । भेटमा राजनीतिक तहबाट निर्वाचनका लागि वातावरण सिर्जना गर्न दलहरू लागिरहेको जानकारी राष्ट्रपति डा यादवलाई गराइएको नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले सञ्चारकर्मीहरूलाई बताउनुभयो । निर्वाचनका बारेमा चार दलका शीर्ष नेताहरूले सरकारी तहबाट भइराखेका कामका बारेमा अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र निर्वाचन आयोगबाट भइराखेका कामका बारेमा आयोगसित जानकारी लिने निर्णय यसअघि गरेका थिए । पार्टी सभापति कोइरालाले निर्वाचमा सहभागी हुन नेकपा -माओवादीसहित अन्य दलहरूसँग छलफल गर्न लागिएको पनि जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपति डा यादवले निर्वाचनमा लाग्न शीर्ष दलका नेताहरूलाई आग्रह गर्नुभएको पार्टी सभापति कोइरालाले बताउनुभयो । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger