Widgets

Home » » चुनावको मितिबारे शीतलनिवासदेखि पेरिसडाँडासम्म चिन्ता मिति तोक्ने काम सरकारकोः निर्वाचन आयोग

चुनावको मितिबारे शीतलनिवासदेखि पेरिसडाँडासम्म चिन्ता मिति तोक्ने काम सरकारकोः निर्वाचन आयोग

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१७ चैत, काठमाडौं । सरकार गठन भएको १५ दिन बितिसक्दा पनि अन्तरिम चुनाबी मन्त्रिपरिषद्ले निर्वाचनको मिति नतोकेपछि राष्ट्रपति डा. रामवरण यादवदेखि प्रमुख राजनीतिक दलका नेताहरुसम्म असन्तुष्टि छाउन थालेको छ । सरकारको ढीलासुस्तीप्रति शीतलनिवास र पेरिसडाँडा दुबै सन्तुष्ट देखिँदैनन् । निर्वाचनको मिति असारका लागि तोकिनुपर्ने दलका नेताहरुको अडान रहे पनि चुनावी सरकारका मन्त्रीहरुले भने वातावरण बनाएपछि मात्रै मिति तोकिने बताउन थालेका छन् । निर्वाचन आयोगले मिति तोक्ने काम आफ्नो नभएको बताएको छ । शनिबार राष्ट्रपति डा. रामवरण यादवले शीतलनिवासमा चार दलका शीर्ष नेताहरुलाई बोलाएर निर्वाचनको तयारीमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्नुभएको छ । छिटो चुनावको मिति तोक्न राष्ट्रपतिले दलका नेतालाई दबाव दिनुभएको छ । चार दल र निर्वाचन आयोगवीच छलफल शनिबार दिउँसो राष्ट्रपतिसँग छलफल गरेका चार दलका नेताहरुले निर्वाचनको तयारी बारे बेलुका निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् । तर, आयोगसँगको छलफलमा चुनावको मितिबारे कुराकानी नभएको निर्वाचन आयुक्त इला शर्माले अनलाइनखबरलाई बताउनुभयो । ‘चुनावको मितिबारे कुरा भएन, दलका नेताहरुले चुनावको तयारीबारे जानकारी माग्नुभयो ।’- चुनावका लागि आवश्यक ऐन, कानुनका विषयमा कुारकानी भयो ।’- शर्माले भन्नुभयो । आयुक्त शर्माका अनुसार आइतबार आयोगाक पदाधिकारी र कार्यदलका सदस्यवीच छलफल गरी निर्वाचनसम्बन्धी ऐनको ड्राफ्ट सरकारलाई बुझाउने कार्यक्रम छ । ‘सकेसम्म भोलि नै ड्राफ्ट तयार हुन्छ ।’ मिति तोक्ने काम सरकारकोः प्रमुख आयुक्त प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मतदाता नामावली सङ्कलनको कार्यमा बाधा उत्पन्न नहुने वातावरण मिलाउन सरकार र दलहरूलाई आग्रह गर्नुभएको छ । रिपोर्टस क्लबकै कार्यक्रममा सहभागी हुनेक्रममा उप्रेतीले यस्तो बताउनुभएको हो । उप्रेतीले अनुकूल वातावरण भएपछि निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिनुभएको छ । उप्रेतीले निर्वाचन आयोगले पूर्णता पाए पनि निर्वाचन कानुनको संशोधन र उचित वातावरण बनाउने विषयमा तयारी नपुगेको बताउनुभएको छ । उहाँले पुनः मिति सार्नुभन्दा अनुकूल वातावरणमा मात्र मिति तोक्नुपर्ने आम धारणा रहेको बताउनुभएको छ । स्मरणरहोस् प्रमुख आयुक्तमा नियुक्त हुनुपूर्वसम्म उप्रेतीले जेठमै चुनाव गर्न सकिने बताउनुभएको थियो । चुनावको मितिबारे सरकार अन्यौलमा अध्यक्ष रेग्मीले दलका नेताहरुसँगको आन्तरिक भेटमा राजनीतिक वातावरण बनाएपछि मिति तोक्ने आश्वासन दिए पनि उहाँ असारमा चुनाव नगराउने पक्षमा देखिनुभएको एक एमाओवादी नेताले अनलाइनखबरलाई बताए । गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले शुक्रबार रिपोर्टस क्लबको १५ औं वाषिर्कोत्सवका अवसरमा राजनीतिक एवं सुरक्षाको उचित वातावरण सिर्जना गरेर मात्रै निर्वाचनको मिति तोकिने बताउनुभएको छ । तर, राजनीतिक वातावरणका लागि वैद्यपक्षसँग वार्ता गर्ने भनिए पनि मतदाता नामावली संकलनमा अवरोध पुर्‍याइरहेको माओवादीका नेताहरुले सरकारसँग वार्तामा नबस्ने बताएका छन् । मतदाता नामावली संकलन नभएसम्म निर्वाचन सम्भव नहुने र नामावली संकलनमा वैद्यपक्षले भौतिकरुपमै अवरोध गरी वार्तामा बस्नसमेत इन्कार गरेको अवस्थामा राजनीतिक वातावरण तत्कालै बन्ने स्थिति टर्न थालेको छ । गृहमन्त्री घिमिरेले एकातिर राजनीतिक वातावरण बनाइने बताउनुभएको छ भने अर्कोर्तर्फ मतदाता नामावाली सङ्कलनको कार्यमा बाधा अवरोध उत्पन्न भए सुरक्षाका विभिन्न रणनीति प्रयोग गर्न सुरक्षा निकायलाई निर्देशित गरिएकोसमेत बताउनुभएको छ । तानाशाही भए एक धक्कामै हटाउछौं : कोइराला नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले सरकार तनाशाही बाटोमा नहिँड्ने विश्वास व्यक्त गर्दै तानाशाही बाटोमा हिँडे एक धक्कामै हटाउने चेतावनी दिनुभएको छ । ट्रेडयुनियनद्वारा आयोजित कार्यक्रममा शनिबार बोल्दै कोइरालाले यस्तो चेतावनी दिनुभएको हो । बाबुराम भट्टराई नेतृत्वको सरकार हटाउन र निर्वाचनको सुनिश्चितताका लागि पार्टीले रेग्मीलाई स्वीकार गरेको भन्दै कोइरालाले सरकाप्रति अनावश्यक आशंका नगर्न आग्रह गर्नुभएको छ । त्यस्तै कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाको भनाइ छ- ‘छिटो निर्वाचनको घोषणा गर्नुपर्‍यो, असारमा गर्न नसक्ने हो भने मङ्सिरमा मिति घोषणा गर्नुपर्‍यो ।’ त्यस्तै केन्द्रीय सदस्य विमलेन्द्र निधीले बाबुराम भट्टराईको सरकारलाई विस्थापित गर्नमात्र वर्तमान सरकारलाई स्वीकार गरिएको बताउनुभयो । नेपाली कांग्रेसका २२ केन्द्रीय सदस्यले असारमै चुनाव गरिनुपर्ने, प्रधान न्यायाधीशबाट खिलराज रेग्मीले राजीनामा दिनुपर्ने लगायतका माग राखी केन्द्रीय कार्यसमितिको बैठकमा फरक मत दर्ता गराएपछि सभापति कोइरालाले रेग्मीप्रति आशंका नगर्न आग्रह गर्नुभएको हो । एमाले र कांग्रेस चुनाव टार्ने पक्षमा : एमाओवादी यसैवीच शनिबार पेरिसडाँडामा बसेको एमाओवादी बैठकले नेपाली कांग्रेस र एमाले असारको निर्वाचन पछि सार्ने षड्यन्त्रमा लागेको र सरकारसमेत अकर्मन्यतामा फसेको निश्कर्ष निकालेको छ । आफ्नो पार्टीका तर्फबाट असारमै चुनाव गर्न दबाव दिने एमाओवादीको निश्कर्ष छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger