Widgets

Home » » जबरजस्ती लोला हान्नेलाई २५ दिन जेल सजायँ

जबरजस्ती लोला हान्नेलाई २५ दिन जेल सजायँ

Written By sangalo on Monday, March 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१२ चैत, चितवन । फागु पूर्णिमाको अवसरमा हुन सक्ने उच्छृङखल गतिबिधि रोक्न चितवन प्रहरीले सक्रियता बढाएको जनाएको छ । मंगलवार मनाइने फागु पूर्णिमामा जथाभावी लोला, रंग र पानी नछेप्न चेतनामुलक अभियान चलाएको प्रहरीले जनाएको हो । चेतनामुलक अभियान अन्तर्गत प्रहरीले जिल्लाका मुख्य मुख्य वजारहरुमा माईकिङ गर्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दिपककुमार थापाले जानकारी दिनुभयो । जिल्लाको नारायणगढ, भरतपुर, टाँडी, खैरहनी र मुग्लिन वजारमा चेतनामुलक माईकिङ गरिने थापाले वताउनु भयो । इच्छा विपरीत जबर्जस्ती रंग, लोला र पानी छेप्ने तथा र दुव्यर्वहार गर्नेलाई सार्वजनिक मुद्या चलाउने प्रहरी उपरिक्षक थापाले वताउनु भयो । अटेर गरेर कसैको इच्छा विपरितका क्रियाकलाप गरे पक्राउ गरी सार्वजनिक मुद्या चलाउने प्रहरीले जनाएको छ । पक्राउ परेकालाई २५ दिन हिरासतमा राखिने पनि थापाले वताउनु भयो । सभ्भावित त्यस्ता गतिविधि हुन नदिन तालिम केन्द्र भरतपुर र शशस्त्र प्रहरीको साथ लिने उहाँको भनाई छ । भरतपुर र नारायणगढमा मात्रै ७ वटा प्रहरीको मोवाईट टोली खटाउने जिल्ला प्रहरी कार्यालयको तयारी छ । चाडलाई चाडको रुपमा मनाउन प्रहरी उपरिक्षक थापाले सवैमा आग्रह गर्नु भएको छ । जिल्ला प्रसासन र जिल्ला प्रहरी कार्यालयले यसअघि नै सूचना निकालेर होलीको अवसरमा कसैको इच्छा विपरित रंग दल्ने, लोला हान्ने र पानी फ्याँकेर दुःख नदिन अनुरोध गरिसकेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger