Widgets

Home » » फेसबुकमार्फत दुर्व्यवहार र धम्की बढ्दो, टि्वटर प्रयोगकर्ता केही ढुक्क

फेसबुकमार्फत दुर्व्यवहार र धम्की बढ्दो, टि्वटर प्रयोगकर्ता केही ढुक्क

Written By sangalo on Monday, March 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

तपाइँको फेसबुक वालमा कसैले आपत्तिजनक कुरा पोष्ट गरेको छ ? कसैले फेसबुकमार्फत अश्लील तथा आपत्तिजनक सन्देश पठाएको छ ? वा तपाइँको पोष्टमा आपत्तिजनक कमेण्ट गरेको छ ? यदि छैन भने तपाइँ भाग्यमानी हुनुहुन्छ र यस्तो तितो अनुभुति गर्नुभएको छ भने पनि चित्त नदुखाउनुहोला किनकी यसरी फेसबुकमार्फत आपत्तिजनक सामाग्री प्राप्त गर्नेमा तपाइँ एकजनामा मात्र हुनुहुन्न । एक अध्ययनले सयमा दश जना फेसबुक प्रयोगकर्ताले फेसबुकमार्फत यस्ता आपत्तिजनक सामाग्री तथा सन्देश पाउने गरेको देखाएको छ ।
Facebook-007
अध्ययन अनुसार दश प्रतिशत फेसबुक प्रयोगकर्ता आफ्नो फेसबुक वालमा कसैले आपत्तिजनक तथा अमर्यादित खालका सामाग्री पोष्ट गरेको वा गिज्याउने, दुव्र्यवहार र धम्कीपूर्ण सन्देश पठाउने गरेको घटनाका भुक्तभोगी छन् ।
टेलिग्राफ पत्रिकामा छापिएको अध्ययनका अनुसार सामाजिक संंजालको बढ्दो प्रयोगसँगै गैर सामाजिक सन्देशको प्रसार पनि बढेको छ ।
फेसबुकमार्फत यसरी आपत्तिजनक सन्देश वा सामाग्री प्राप्त गरेकामध्ये ६१ प्रतिशतले आफुले केवल १ वा २ चोटीमात्र यस्तो भोगेको बताए । जबकी ८ प्रतिशतले भने हरेक महिना जसो नै यस्ता अश्लील, धम्कीपूर्ण तथा आपत्तिजनक सन्देश पाउने गरेको बताए भने सयमा ३ जनाले एक महिनामा ३-४ पटक त्यस्तो भोगको बताए । अध्ययन अनुसार ३ प्रतिशत फेसबुक प्रयोगकर्ताले महिनामा ५ पटक त्यस्तो पीडा खप्नुपरेको छ ।
फेसबुकमा त्यस्ता आपत्तिजनक सामाग्री पठाउनेहरु मध्ये ६२ प्रतिशत चिनजानकै हुन्छन् भने २७ प्रतिशत चिन्दै नचिनेका र फेसबुकमा साथी पनि नभएका मान्छे हुन्छन् ।
अध्ययन अनुसार फेसबुकको तुलनामा टि्वटर प्रयोगकर्ता भने यस्तो पीडाबाट धेरै हदसम्म मुक्त छन् । केवल ५ प्रतिशत टि्वटर प्रयोगकर्ताले मात्र त्यस्तो धम्की तथा दुव्र्यवहारको सामना गर्नुपरेको छ । ३ प्रतिशत टि्वटर प्रयोगकर्तालाई आफ्नो टि्वट डिलिट गर्न धम्की आउने गरेको अध्ययनले देखाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger