Widgets

Home » » पुरुष किन स्तन मन पराउँछन् ?

पुरुष किन स्तन मन पराउँछन् ?

Written By sangalo on Monday, March 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

jptkhabar

नारी–पुरुषबीचको लिंगीय आकर्षण सामान्य हो । कतिपय अवस्थामा शारीरिक आकर्षणले पनि मायाको जग बसाइरहेको हुन्छ । तपाईंलाई नारीको सबैभन्दा मन पर्ने अंग कुन हो ? यो प्रश्नको उत्तरमा सबै पुरुषका आआफ्ना च्वाइस होलान् । थुप्रैको उत्तरचाहिँ यस्तो पनि हुन्छ, ‘मलाई स्तन सबैभन्दा मन पर्छ ।’ कतिपय अनुसन्धानले सबैभन्दा बढी पुरुषले नारीका अरू अंगका तुलनामा स्तन नै मनपराउने गरेको पनि प्रस्ट्याएका छन् । स्तन नै बढी किन मन पराउँछन् त पुरुष ? यसको सन्तोषजनक कारण भने मनोचिकित्सक एवं वैज्ञानिकले दिन सकिरहेका थिएनन् । हालै एक स्नायुविशेषज्ञले भने आफूले पुरुषले महिलाका स्तन मन पराउने तथ्यको सामाजिक कारण पत्ता लगाएको दाबी गरेका छन् । अमेरिकाको जर्जियास्थित एमरो विश्वविद्यालयका स्नायुविद् प्रा. लैरी योङले लामो अध्ययनबाट यो तथ्य पत्ता लगाएको बताएका छन् । उनका अनुसार पुरुषहरू जन्मँदैदेखि आमाको स्तनसँग नजिकिन्छन् । प्राकृतिक रूपमै सुरु भएको यो आकर्षण यौवनावस्थामा चाहिँ समान बैँसका अन्य युवतीतिर सर्छ । ‘आमाले स्तनपान गराउँदादेखि नै ‘लभ ड्रग्स’ का रूपमा बालकमा स्तनप्रतिको आकर्षण बढ्ने भएकाले यसलाई प्राकृतिक मान्नुपर्छ,’ लामो समयदेखिको अध्ययनप्रतिवेदनमा उनले उल्लेख गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger