Widgets

Home » » होलीमा मान्छे समात्न थप ५ सय प्रहरी

होलीमा मान्छे समात्न थप ५ सय प्रहरी

Written By sangalo on Monday, March 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१२ चैत, काठमाडौं । भोलिको होलीमा हुन सक्ने उच्छृखंल गतिबिधि रोक्न राजधानीमा उच्च सतर्कता बढाइएको प्रहरीले जनाएको छ । महानगरी प्रहरी आयुक्तको कार्यालयका अनुसार काठमाडौं उपत्यकामा आज र भोलिका लागि थप ५ सय थप प्रहरी परिचालन गरिएको छ ।जथाभावी लोला, रंग र पानी छेप्नेमाथि नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ । प्रहरीले यस पटकको होलीमा विकृति कम भएको दावी पनि गरेको छ । ‘लोला हान्ने क्रम अघिल्ला वर्षहरुको तुलनामा केही घटेको छ’ आयुक्त कार्यालयका प्रमुख हेमन्त पालले अनलाइनखबरसित भन्नुभयो । तर, सडकका केही ठाउँमा लोला हान्ने क्रम चाहिँ चलिरहेको देखिन्छ । यसरी जबर्जस्ती लोला हान्ने झण्डै दुई दर्जनलाई नियन्त्रणमा लिएर सम्झाईबुझाई छाडिएको प्रहरीले जनाएको छ । मुद्दा नै चलाउनु पर्नेगरी कसैलाई पक्राउ नगरिएको प्रहरीको भनाइ छ । प्रहरीले होलीलाई मर्यादित बनाउन शनिबारदेखि राजधानीका टोलटोलमा माइकिङ अभियान पनि चलाएको थियो । गृह मन्त्रालयले यसअघि नै पवित्र पर्व होलीको अवसरमा कसैको इच्छा विपरीत रंग दल्ने, लोला हान्ने र पानी छ्याप्ने काम नगर्न सबैसित अनुरोध गरिसकेको छ । महिला, केटाकेटी लगायत बाटोमा हिँड्ने व्यक्तिलाई दुःख र सास्ती दिने काम प्रचलित कानुन विपरीत हुने भन्दै मन्त्रालयले सजक गराएको हो । मन्त्रालयले विज्ञप्ति निकालेर कसैको स्वीकृति विपरीत रंग दल्ने, लोला हान्ने, पानी छ्याप्ने तथा यात्रीलाई दुःख सास्ती दिने गरेको भेटिएमा कानुनबमोजिम कार्बाही हुने जनाएको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger