Widgets

Home » , , » गायन, रचना, नृत्य र अभिनयमा एकसाथ वियोन्सेले खुवाइन् सबैलाई माथ

गायन, रचना, नृत्य र अभिनयमा एकसाथ वियोन्सेले खुवाइन् सबैलाई माथ

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

गायिकागीतकारनर्तकी तथा अभिनेत्री एउटै अमेरिकी सुन्दरीको परिचय यसरी चार विधामा बाँडिएको छ । अमेरिकी सुन्दरी वियोन्से उर्फ सासा फियर्सको पूरा नाम वियोन्से गिसेल्ले नोलेसकार्टर हो । सन् १९८१ को ४ सेप्टेम्बरमा टेक्सासको ह्युस्टनमा जन्मेकी उनले आटर्स स्कुलमा भर्ना भई सानै उमेरदेखि नाचगानमा प्रतिस्पर्धा गर्न थालिन् । ९० को दशकको उत्तरार्धमा डेस्टिनिज चाइल्डको प्रमुख गायिकाका रूपमा निकै चर्चित रहेकी उनको सन् २००३ मा रिलिजभएको पहिलो एकल एल्बम डेन्जरस्ली इन लभको क्रेजी इन लभ र बेबी ब्वाइ बोलका दुवै गीत बिलबोर्ड हट१०० को पहिलो स्थानमै रहन सफल भए । सो वर्ष सबैभन्दा सफल एल्बममध्ये एक त्यसले नयाँ कीर्तिमान राख्दै पाँचवटा ग्रामी अवार्ड जितिदियो । २००५ मा डस्टिनिज चाइल्ड ब्यान्ड टुक्रिएपछि उनले अर्को वर्ष दोस्रो एल्बम वि डे रिलिज गरिन् । 
त्यसका डेजा भुइर्रेप्लेसिवल र ब्युटिफुल लायर हिट लिस्टको शीर्ष पाँच स्थानभित्र परे । २००८ मा रिलिज भएको उनको तेस्रो एल्बम आइ एम सासा फियर्स रिलिज भयो । यसको इफ आइ वर अ ब्वाय,सिंगल लेडिज (पुट अ रिङ अन इट)हाला र स्विट ड्रिम्ज हिट भए । यो एउटै एल्बमले उनलाई सन् २०१० मा आधा दर्जनवटा ग्रामी अवार्ड दिलायो । ग्रामी अवार्ड्समा यति धेरै अवार्ड जित्ने उनी संसारकै पहिलो गायिका हुन् । २०११ मा रिलिज भएको उनको चौथो एल्बम पनि बिलबोर्ड२०० को पहिलो स्थानमा रह्यो । उनका एल्बमले १६ वटा ग्रामी अवार्ड१२ वटा एमटिभी भिडियो म्युजिक अवार्ड र एउटा बिलबोर्ड अवार्ड जिते । उनको एल्बम अमेरिकामा मात्र १ करोड ३० लाख र विश्वका अन्य भागमा ७ करोड छ० लाख प्रति बिक्री भएको छ । उनी २०१० मा १ सय सदाबहार सर्वोत्कृष्ट कलाकारको सूचीमा परिन् भने २०१२ मा संगीत क्षेत्रका १ सय सर्वोत्कृष्ट महिलाको सूचीको तेस्रो स्थानमा परिन् । त्यसै गरी २०१० मा फोर्वेसको विश्वका १ सय जना सर्वाधिक शक्तिशाली र प्रभावशाली संगीतकारको सूचीको पहिलो स्थानमा परिन् । संगीतको अलावा उनले अभिनयपहिरन डिजाइनिङ र पपर्mयुम व्यवसायमा पनि हात हालेकी छिन् । सन् २००६ मा उनी अभिनित फिल्म ड्रिम गल्र्सले गोल्डेन ग्लोब अवार्डस्का लागि मनोनयनमा परेको थियो । २००छ मा आफ्नै फेमिली फेसन लाइन हाउस अफ डेरेओन खोलेकी वियोन्सेले ली ओरियल,पेप्सीटम्मी हिल्फिगरनिन्टेन्डो र भिजियोजस्ता प्रतिष्ठित ब्रान्डका लागि काम गरिदिइन् । सन् २००८ को अप्रिलमा अमेरिकी र्यापर जेजेडसँग विवाह बन्धनमा बाँधिएकी उनीबाट २०१२ को जनवरीमा पहिलो सन्तान ब्ल्यु इभी कार्टरको जन्म भयो ।
प्रोफेसनल रिकर्ड म्यानेजर म्याथ्यु नोलेस र पहिरन डिजाइनर तथा केश सज्जाकार टिना नोलेसका सन्तानका रूपमा उनको जन्म भएको थियो । टेक्सासको हिल कन्ट्रीस्थित फ्रेडरिक्सबर्गको सेन्ट मेरिज इलेमेन्ट्री स्कुलबाट शिक्षा हासिल गरेकी वियोन्सेले ब्यालेट डान्स र ज्याज पनि सिकिन् । जहाँ संगीत शिक्षकले उनको गायन प्रतिभालाई प्रोत्साहित गरे । पहिलोपटक स्कुलमा विटल्सका जोह्न लेननको गीत इम्याजिन गाएर पुरस्कार थापेकी उनी सात वर्षकै उमेरदेखि सञ्चारमाध्यमको ध्यान तान्न सफल भएकी थिइन् । १९९० मा ह्युस्टनस्थित संगीतसम्बन्धी शिक्षा दिइने पार्कर इलेमेन्ट्री स्कुलमा भर्ना भएकी उनी पछि त्यहींकै हाइस्कुल फर द पर्फमिङ एन्ड भिज्युयल आर्ट्स र एलिएफ एल्सिक हाइस्कुलमा गइन् । दुई वर्षसम्म सेन्ट जोह्न्स युनाइटेड मेथोडिस्ट चर्चमा स्तरीय गीत प्रस्तुत गरेकी उनी आठ वर्षकी छँदा बनेको छ सदस्यीय गल्र्स टिमले नेसनल टिभीको त्यति बेलाको चर्चित ट्यालेन्ट शोमा भाग लिने मौका पाएको थियो । सन् २०११ को फेब्रुअरीमा विकिलिक्सले वियोन्से लिबियाका तत्कालीन तानाशाह मोम्मर गद्दाफीको परिवारलाई मनोरञ्जन प्रदान गरी अकूत धन प्राप्त गर्नेमध्ये एक रहेको रहस्य उद्घाटन गरेको थियो । रोलिङ स्टोन म्यागजिनले तिनीहरूलाई संगीत उद्योगले त्यसरी कमाएको पैसा फिर्ता दिन अनुरोध गरेको उल्लेख गर्यो । यसैबीच सन् २०११ को २ मार्चमा उनका प्रवक्ताले उनले सो रकम क्लिन्टन बुस हाइटी कोषलाई चन्दास्वरूप प्रदान गरेको द हफिंगटन पोस्टलाई बताए । सोही वर्ष उनलाई फोर्वेसले अघिल्लो वर्ष ३ करोड छ० लाख डलर कमाएकाले सबैभन्दा बढी पैसा कमाउने ३० जना सेलेब्रिटी सूचीको आठौं स्थानमा राखेको थियो ।
सन् २०१० को जनवरीमा यूएसए टुडेलाई अन्तरवार्ता दिने क्रममा आनन्दले बाँच्नका लागि संगीत जीवनबाट केही समय टाढै बस्ने बताए । उनले एक महिनापछि नै लेडी गागाको टेलिफोन बोलको गीतमा देखिएर सबैलाई छक्क पारिदिइन् । यो गीत बेल्जियमडेनमार्कहंगेरी,आयरल्यान्डनेडरल्यान्डनर्वे र इंगल्यान्डमा हिट लिस्टको शीर्ष स्थानमा रह्यो । सन् २००९ को मार्चमा आइ एम टुर अभियानअन्तर्गत दोस्रो कन्सर्ट टुरका सिलसिलामा वियोन्सेले कुल १ सय ८ कार्यक्रम प्रस्तुत गरी ११ करोड ९छ लाख डलर कमाइन् । ओब्सेस्ड,अस्टिन पावर्स इन गोल्डमेम्बर र द फाइटिङ टेम्पटेसनजस्ता फिल्ममा काम गरेकी उनले २०११ को २८ अगस्टमा एमटिभी भिडियो म्युजिक अवार्ड्स कार्यक्रमका दौरान आफू र आफ्नो पति जेजेडले पहिलो सन्तानको अपेक्षा गरिरहेको सार्वजनिक गरेकी थिइन् । उनले सन् २०१२ को ७ जनवरीमा न्युयोर्कको लेनोक्स हिल हस्पिटलमा छोरी ब्ल्यु इभी कार्टरलाई जन्म दिइन् । त्यसको दुई दिनपछि जेजेडले छोरीलाई समर्पित गर्दै ग्लोरी बोलको गीत आफ्नो सोसियल वेबसाइट लाइफ एन्ड टाइम डट कममा हाले ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger