Widgets

Home » , » फिल्म फ्लप, हिरोइन हिट !

फिल्म फ्लप, हिरोइन हिट !

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

कसैकसैलाई जति फिल्म खेले पनि फाप्दो रहेनछ । मोडलबाट व्यस्त नायिका बनेकी निशा अधिकारीको सवालमा पनि यस्तै भइरहेको छ । जमानामा मिस इन्टरनेसनल चुनिएपछि नै निशालाई फिल्मका लागि अफर गर्ने निकै थिए । त्यतिखेर उनी शान लाउँथिन्– ‘मलाई नेपाली फिल्म खेल्ने रहर छैन ।’ नेपाली सुन्दरीलाई विदेशी फिल्मबाट अफर आउने सम्भावना त थिएन । त्यसैले निशालाई स्वदेशबाहेकका फिल्मबाट अफर आएन पनि । विदेशीले नपुछेपछि उनले अन्ततः नेपाली फिल्म नै खेल्न थालिन्, त्यो पनि लगातार । तर भाग्य हेर्नोस् न, लगातार फिल्म पाइरहे पनि उनको फिल्मले गतिलो व्यापार गरेको रेकर्ड छैन । तैपनि निशाको हात खाली छैन, जति फिल्म फ्लप हुँदै छन्, उनले त्यति नै फिल्म पाइरहेकी पनि छिन् । यसलाई भन्छन् फिल्म फ्लप, हिरोइन हिट । फिल्म भटाभट फ्लप भइरहे पनि हात खाली नभएपछि निशाको अहम् भने बेस्सरी बढिरहेको छ । यही अहम्का कारण आफूले खेलेका फिल्मका निर्देशकसँगै उनको सम्बन्ध खराब हुन थालेका छन् । मायाज बारमा गतिलो रोल दिने दिनेश डीसी हुन् वा धुवाँ यो नशामा चान्स दिने रामप्रसाद रिजाल र लक्ष्मण रिजाल नै किन नहुन्, सबैजसोसँग उनको सम्बन्ध सुमधुर छैन । यस्तो किन निशा मिस ?

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger