Widgets

Home » » एमाओवादीको केन्द्रमा एक दर्जन सदस्य छुटे एकमहिने जागरण अभियानको घोषणा

एमाओवादीको केन्द्रमा एक दर्जन सदस्य छुटे एकमहिने जागरण अभियानको घोषणा

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१७ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति शनिबारदेखि अैपचारिकरुपमा विस्तार भएको छ । विस्तारित समितिमा महाधिवेशन आयोजक समितिमा करिब १ दर्जन नेताहरु छुटेका छन् ।
Maoist-Flag‘महाधिवेशन आयोजक समितिका केहीलाई छाडेर अन्य सबैलाई केन्द्रीय समितिमा मनोनित गरिएको छ ।’ बैठकपछि एक केन्द्रीय नेताले अनलाइनखबरसँग भने-’आइतबारको बैठकमा नयाँ थपिएका सदस्यसमेत सहभागी हुनेछन् ।’
हेटौडा महाधिवेशनकै बेला केन्द्रीय सदस्यको साटो सल्लाहकार बनाइएका वेदनिधि अधिकारी, धर्मचन्द्र लावती, तेजप्रकाश कँडेललगायतलाई केन्द्रीय समितिमा पारिएको छैन । त्यसैगरी कोरियाका राजदूत बनेका कमानसिंह लामा र मृत्युवरण गरेका दिलबहादुर श्रेष्ठका ठाउँमा नयाँलाई ल्याइने भएको छ । त्यस्तै अन्य केहीलाई पनि फरक भूमिका दिएको भन्दै केन्द्रमा छुटाइएको छ ।
अर्को भूमिकामा गएका, मृत्यु भएकाहरुको ठाउँमा विशिष्ट ‘केस’ भएका राज्यसमितिबाट नयाँ सदस्य थप गरिने एमाओवादी केन्द्रीय सदस्यले बताए । ‘कोचिलाको विशिष्ट केस छ, त्यहाँबाट नयाँ सदस्य थपिन्छ ।’- उनले भने-’केन्द्रीय सदस्य एकजना पनि नभएका ८/१० वटा जिल्लाहरु छन्, त्यहाँबाट पनि नयाँ सदस्य ल्याउने निर्णय आजको बैठकले गरेको छ ।’
स्रोतका अनुसार कोचिला अन्तरगत सुनसरीबाट डम्बर सुवेदी हिमाल र झापाबाट झलक दर्लामी सन्देशलाई केन्द्रीय समितिमा ल्याइने भएको छ । उनका अनुसार मधेसीहरुले पनि हाललाई आयोजक समितिमा रहेको संख्यामै चित्त बुझाउनुपर्ने भएको छ ।
महाधिवेशन आयोजक समितिबाटै केन्द्रीय समितिलाई पूर्णता दिने निर्णय भए पनि चुनावपछि केहीलाई नयाँ भूमिकामा पठाइने र ती ठाउँमा नयाँ उर्जाशील सदस्यहरु ल्याइने र संगठनमा क्रमभंग गरिने एमाओवादी नेताले दाबी गरेका छन् । वैद्यपक्ष छाडेर आएका तीन नेतालाई भने शनिबारकै बैठकले पूर्ण केन्द्रीय सदस्य बनाएको छ ।
एक महिने जागरण अभियान चलाइने
एमाओवादीले आगामी निर्वाचनलाई केन्द्रविन्दुमा राखेर एक महिने विशेष जागरण अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । बैठकले जनतासँग जोडिन र देशव्यापी रुपमा कार्यकर्ता प्रशिक्षण र जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो ।
अभियान राजधानी काठमाडौँलगायत मुलुकका प्रमुख सहरहरु र ७५ वटै जिल्लामा अभियानात्मक रुपमा सञ्चालन गरिने र सो अभियानमा पार्टीको शीर्ष नेतृत्व, केन्द्रीय सदस्य, राज्य समिति सदस्य, जिल्ला समिति सदस्य, एरिया समिति सदस्य सहभागी हुने सापकोटाले जानकारी दिनुभयो । आइतबार बस्ने बैठकले अधियानको विशेष कार्ययोजना तयार पार्ने बताइएको छ ।
वैद्यपक्षका तीन नेता पूर्ण सदस्य
मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादीबाट फर्केका नेता कृष्णध्वज खड्का, रेखा शर्मा, कुमार दाहाललाई केन्द्रीय समितिमा स्वागत गरिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । क्रान्तिको नाममा वैद्य समूहले शत्रु हँसाउने काम गरेको, जनयुद्ध, जनआन्दोलनलगायतका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत हुन नदिने खेलमा लागेको खड्का, शर्मा र दाहालले आरोप लगाएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger