भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चीनको साङ्घाई प्रान्तमा हिजो एक व्यक्तिले मागेको पैसा नदिएको झोँकमा आफ्नै बहिनी र उनकी सासुको हत्या गरेको छ। साङ्घाइ प्रान्तको एक विद्यालय बाहिर रहेको उनीहरूकै घरमा भएको यस चक्कु प्रहारमा ती व्यक्तिले दुईको घरैमा हत्या गरेका बताइएको छ। हत्यापछि हातमा चक्कु लिएर बाहिर निस्किएको सो व्यक्तिले उक्त विद्यालय गइरहेका बालबालिकालाई पनि चक्कु प्रहार गरेको थियो।
सो चक्कु प्रहारबाट छ जना बालबालिका गम्भीर घाइते भएका बताइएको छ। सो आक्रमणमा परी ती बालबालिकासहित ११ व्यक्ति घाइते भएको सञ्चारमाध्यमले जनाएको छ।
जाङ्ग नाम गरेको आक्रमणकारीको सो हत्याको समाचार आजका चिनियाँ दैनिक पत्रिकाले पनि दिएका छन्।
सो चक्कु आक्रमणपछि सो व्यक्ति भागेको समाचारमा जनाइएको छ। यस आक्रमणको प्रहरीले अनुसन्धान सुरु गरेको समाचारमा जनाइएको छ।
चीनमा सन् २०१० मा पनि यस्तै घरायसी विवादमा बालबालिकामाथि भएको आक्रमणबाट १५ बालबालिकाको मृत्यु हुनुका साथै वयस्क र बालबालिका गरी ८० जना घाइते भएका थिए। रासस/एएफपी
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.