भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सुन्दरीजल, चैत १६- आफूले मन पाराएकी युवतीसँग विवाह गर्न नपाएको भन्दै जोरपाटी-४ का किरण दुवालले आज आत्महत्या गरेका छन्। आमाबाबु बिहानै दूध बेच्न गएको मौका छोपी किरणले घरको तेस्रो तल्ला चढ्ने ठाउँमा खादाको पासो लगाई आत्महत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरी नायब निरीक्षक धनीदत्त जोशीले जानकारी दिए।
किराना पसल सञ्चालन गर्दै आइरहेको र सोही क्रममा तामाङ थरकी युवतीसँग प्रेम सम्बन्ध गास्न पुगेका किरणले उनैसँग विवाह गर्न खोज्दा परिवारले अन्तरजातीय विवाह गर्न नदिएका कारण उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए। रासस
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.