Widgets

Home » , » स्ववियू निर्वाचन घोषणा नभए आमरण अनशनः अध्यक्ष कर्ण

स्ववियू निर्वाचन घोषणा नभए आमरण अनशनः अध्यक्ष कर्ण

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चैत्र १८ - नेविसंघ केन्द्रीय अध्यक्ष रंजित कर्णले यसै साता स्ववियू निर्वाचनको मिति घोषणा नभए आमरण अनशन आफ्नै नेतत्वमा सुरु गरिने चेतावनी दिएका छन् । सिन्धुलीमाढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कर्णले चैत २३ गते बस्ने सिनेट बैठकले स्ववियू निर्वाचनको मिति घोषणा नगरे आमरण अनशन सुरु गरिने चेतावनी दिएका हुन् । स्ववियू निर्वाचन आगामी वैशाख अन्तिम साता हुने त्यसमा देशभरका झण्डै २५ लाख विद्यार्थीको सहभागिता रहने अध्यक्ष कर्णले दावी गरे । आउँदो स्ववियू निर्वाचनलाइ कम खर्चिलो र भड्किलो हुन नदिन 'नो पम्प्लेट, नो माइकिङ र नो व्यानर'मा विद्यार्थी संगठनहरुबीच सहमति भएको उनले खुलासा गरे । स्ववियू निर्वाचन प्रणालीका सन्दर्भमा अध्यक्ष कर्णले नेविसंघ प्रत्यक्ष निर्वाचन प्रणालीमा भएपनि मिश्रति हुँदा समेत मान्य हुने जनाए । राजनीतिक प्रसङ्गमा अध्यक्ष कर्णले प्रधानन्यायाधीशलाई सरकार सुम्पेर राजनीतिक दलहरु चुकेको बताए । असारमा निर्वाचन हुनेमा उनले शंका व्यक्त गरे ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger