Widgets

Home » » भूमिगत पार्टी पनि चुनावमा जाने

भूमिगत पार्टी पनि चुनावमा जाने

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चैत्र १८ - सात वर्षअघि भूमिगत भएको जनतान्त्रिक मधेस मुक्ति पार्टी (भगत सिंह) ले शनिबार जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउँदै निर्वाचनमा सहभागी हुने जनाएका छन् । सरकारसँग भएको सम्झौता अनुसार, उक्त पार्टीले आफूसँग भएका हतियार, गोली, बारुदलगायत विस्फोटक बुझाउन थालेका हुन् । स्थानीय प्रशासनको रोहवरमा सरकारसँग वार्ता गरेका उक्त पार्टीका टोली संयोजक मनोज मण्डलले नलकटुवा पेस्तोल ६ थान, सकेट बनाउने सामग्री ९ थान, टाइम घडी बम ३२ थान, तार फ्युज ६ थान, हाते घडीको पिन ६ थान, बारुद २ किलो र गोली १ थान बुझाएका छन् । हालसम्म उक्त पार्टीले बाँके, कपिलवस्तु, रूपन्देही र सुनसरीमा हतियार बुझाएको जनाएको छ । वार्ता टोलीका संयोजक मण्डलले चैत २५ गतेभित्र सबै हतियार सरकारलाई बुझाएपछि अध्यक्ष भगत सिंहलगायत कार्यकर्ता सार्वजनिक हुने बताए । मधेसमा भएका पीडित जनताको अधिकार सुनिश्चित हुनुपर्ने, संघीयतासहितको संविधान हुनुपर्नेलगायत माग रहेको बताए । आधुनिक हतियार आफूहरूसँग नभएको र घरेलु हतियारसहित आन्दोलनमा उत्रेको वार्ता टोलीका सदस्य उमेशकुमार अहिरले दाबी गरेका छन् । हतियार बुझाएपछि आफ्नो पार्टी शान्तिपूर्ण आन्दोलनमा आउने सदस्य अहिरले बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger