Widgets

Home » , » पेन्सिलले लभलेटर लेखेको व्यक्तिको कुराले रोइन् निशा (फोटो फिचरसहित)

पेन्सिलले लभलेटर लेखेको व्यक्तिको कुराले रोइन् निशा (फोटो फिचरसहित)

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

नायिका निशा अधिकारीको एउटा रहस्य चुहिएको छ । उनले केही समय अघि समिक्षक डाक्टर प्रदिप भट्टराइलाई एक पत्र लेखेकी थिइन् । उक्त पत्रलाई समिक्षक भट्टराइले प्रेमपत्रको संज्ञा दिएका छन् ।  सगरमाथा चढ्न लागेकी निशालाई शुभकामना दिन पुगेका भट्टराइले निशासँगको उक्त रहस्य चुहाएका हुन् । निशाले लेखेको प्रेमपत्र आफ्नो साथमा अझै भएको भन्दै उनले उक्त पत्रलाई लेमिनेशन गरेर सजाउने घोषणा गरे ।यसैबिच शुभकामना दिदै गर्दा भट्टराइले आफ्नो जीवन कहानी सुनाएका थिए । उनको कुरा सुनेर नायिका अधिकारी भावुक भएकी थिइन् । निशाको आखा आशु आएको थियो ।
प्रदिपले आफ्नो पत्रकारीता जीवन र तलब नपाउँदाको पिडा पोखेका थिए । प्रदिपको पिडा सुनेर निशा भावुक भएको प्रष्ट थियो ।
प्रदिपले निशालाई जीवनमा अगाडी बढ्न अपनाउनुपर्ने उपायहरुको बारेमा बताएका थिए । उनले निशालाई साहसी भएर सगरमाथा चढ्न शुभकामना दिएँ ।
के थियो लभलेटर भित्र ?
बिहिबार गरिएको पत्रकार सम्मेलनमा डाक्टर प्रदिप भट्टराइले निशाले प्रेमपत्र दिएको बताएपनि त्यसमा के लेखिएको थियो भन्ने बारेमा केही खुलाएका थिएनन् । तर अनलाइनखबरमा यस बिषयमा समाचार प्रकाशन भएपछि उनले प्रेमपत्रका बारेमा स्पष्ट बोलेका छन् ।
प्रदिपले भने, ‘त्यो प्रेमपत्र गाली गरिएर लेखिएको थियो ।’ अन्नुपर्ण होटलमा केही समय अघि भएको सिनेमा सम्बन्धी अन्तरराष्ट्रिय वर्कशपमा प्रदिपले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्र अंग्रेजीमा लेखिएको थियो । प्रदिपले कार्यपत्र प्रस्तुत गरेपछि नायिका निशा अधिकारीले उनलाई एउटा चिट दिएकी थिइन् । प्रदिपले भने, ‘उक्त चिटमा कार्यपत्र झुर भएको, लामो भएको र अनावश्यक रुपमा विषयबस्तु समावेश गरिएको भनि लेखिएको थियो ।’
निशाले लेखेको उक्त चिटलाई प्रदिपले आफ्नो श्रीमतीलाई पनि देखाएका थिए । श्रीमतीले तपाई लोभी हुनुहुन्छ, त्यती लेख्ने युवतीलाई एउटा फुलको बुकी दिएर धन्यबाद पनि भन्न सक्नु भएन भन्दै प्रदिपलाई संझाएकी थिइन् ।
प्रदिपले भने, ‘बिहिबार म निशालाई शुभकामना दिन गएको थिए, मैले कसरी उक्त कार्यक्रममा निशाले मलाई गाली गरेर चिट लेखेकी थिइन् भन्न सक्थे र ।’ यसैले आफूले उक्त चिटलाई प्रेमपत्र भनेको प्रदिपको भनाई छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger