Widgets

Home » , » घर ठड्याउन के गरिन् सुमिनाले ?

घर ठड्याउन के गरिन् सुमिनाले ?

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
वास्तविक जिवनमा पनि नायिका सुमिना घिमिरेले काठमाण्डौमा घर ठड्याएकी छिन् । उनले केही महिना अघि काठमाण्डौको शंखमुलमा ७५ लाख लगानी गरेर घर किनेकी छिन् । सुमिनाले उक्त घर फाइनान्स, आफ्नो कमाइ र घर परिवारको सहयोगमा किनेको अनलाइनखबरलाई बताएकी थिइन् ।वास्तविक जिवनमा जस्तै चलचित्रको पर्दामा पनि नायिका घिमिरेको घर किन्ने उच्च महत्वकांक्षामा आधारित रहेर तयार भएको चलचित्र ‘नाइन ओ क्लक’ को प्रिमियर गरिएको छ । चलचित्रमा नायिका घिमिरेले काठमाण्डौमा घर किन्न, सुखसयलमा जिउनका लागि यौन पेशा अपनाएको देखाइएको छ । बिहिबार बेलुकी चुच्चेपाटी स्थित केएलटावरमा चलचित्रको प्रिमियर गरिएको हो । प्रिमियर कार्यक्रममा केही चलचित्रकर्मी र पत्रकारहरुको उपस्थिती थियो । प्रिमियर कार्यक्रममा नायक सविन श्रेष्ठ, मुकेश आचार्य, नायिका कल्पना शाही पनि सहभागी थिए ।बाबुराम ढकालको निर्देशनमा तयार भएको यो चलचित्रलाई रमेश संवेदनाले निर्माण गरेका हुन् । चलचित्रमा नायक ध्रुब दत्तको पनि अभिनय छ । यस्तै चलचित्रमा समावेश एक आइटम गीतमा नायिका करिश्मा मान्धर र नायक मुकेश आचार्यलाई देख्न सकिन्छ ।चलचित्र ‘नाइन ओ क्लक’ काठमाण्डौका सम्पुर्ण मल्टिप्लेक्स हलमा लागेको छ । यो चलचित्र काठमाण्डौको सीभील मल, एफक्यूब, बीग सिनेमा लगायतका मल्टिप्लेक्समा लागेको निर्माता रमेश संवेदनाले जानकारी दिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger