Widgets

Home » , » सुरक्षा घेराबीच विट्नीको अन्त्येष्टि

सुरक्षा घेराबीच विट्नीको अन्त्येष्टि

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


असीको दशकमा आफ्नो स्वर माधुर्यमार्फत विश्वव्यापी ख्याति कमाउन सफल अमेरिकी पपस्टार विट्नी हटसनको एक विशेष कार्यक्रमका माझ अन्त्येष्टि गरिएको छ । गत फेब्रुअरी १३ का दिन लसएन्जल्सको एक होटलमा मृत अवस्थामा भेटिएकी अमेरिकी संगीत उद्योगकी ४८ वर्षीया गोल्डेन गर्ल गायिकाको संगीत क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थितिमा अन्तिम संस्कार गरिएको हो । उनको मृत्युको कारण खुलेको छैन । सन् २००३ मा निधन भएका उनका पिता जोन रसेल हुसटनको अन्तिम संस्कार भएको स्थल फेरभ्यु सिमेटरीमै गायिका छोरीको पनि अन्त्येष्टि गरिएको थियो । अन्त्येष्टि कार्यक्रममा उनकी कजिन डिओन वारविक, गायिकाको करियर गुरु क्लिभ डेभिस र स्टिभ वन्डरलगायत सहभागी थिए । कडा सुरक्षाबीच गरिएको अन्त्येष्टि कार्यक्रममा उनका फ्यानलाई उपस्थितिको अनुमति दिइएको थिएन भने फ्यानले प्रत्यक्ष प्रसारण गरिएको टेलिभिजनबाट उनको कफिनसहितको अन्त्येष्टि हेरेका थिए । साढे तीन घण्टाको अन्तिम संस्कारमा स्टिभ, गायिका एलिसिआ किज र आर केलीले उनको सम्झनामा गीत गाएका थिए । द बडीगार्डमा गायिकासँग अभिनय गरेका नायक केभिन कस्टनरले विट्नीसँगको अभिनय आफ्नो जीवनका लागि सुखद क्षण भएको भन्दै सम्मान व्यक्त गरेका थिए । विट्नीका पूर्वपति बब ब्राउन पनि केही समयसम्म अन्त्येष्टिमा सरिक भई बाहिर निस्किएका थिए । गिनिज बुक अफ वल्र्ड रेकर्डसका अनुसार विट्नीले सांगीतिक जीवनमा दुई एमी अवार्ड, ६ ग्रामी अवार्ड, ३० बिलबोर्ड म्युजिक अवार्ड, २२ अमेरिकन म्युजिक अवार्ड गरी करिब ४ सय १५ अवार्ड प्राप्त गरेकी थिइन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger