Widgets

Home » » पण्डित दिनबन्धुको चर्तिकला, तरूनी जम्मा गर्ने अचम्मको शोख

पण्डित दिनबन्धुको चर्तिकला, तरूनी जम्मा गर्ने अचम्मको शोख

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


अहिलेका जल्दाबल्दा पण्डित दीनबन्धु पोखरेल सबैभन्दा चल्तीका पुराण वाचक हुन् । उनलाइ सेलिब्रिटी पुराण वाचक भन्दा पनि हुन्छ । उनी पुराण बाचन गर्नका लागि नेपालका पूर्व देखि पश्चिम सम्म मात्र हैन विदेश सम्म पुगेर पनि भागवत महापुराण वाचन गर्दछन् । उनले पुराणका क्रममा भजन गाउँदा श्रदालु भक्तजनहरू तुरून्तै नाच्न पुग्छन् । उनको बोलीमानै जादु छ रे । त्यसैले त कुनैपनि कामका लागि अर्थ संकलन गर्नुपर्‍यो भने मानिसको रोजाइमा उनीनै सबैभन्दा अगाडी पर्दछन् । उनले वाचन गरेको पुराण सुन्न तथा चन्दा दिन मानिसहरू तँछाड मछाडनै गर्छन् रे भन्ने गरिन्छ । यी धुरन्धर पण्डितको बारेमा त धेरै अघिदेखिनै मानिहरुको गाइँगुइँ गरेको सुनिएको थियो तर केही समय अघि जनआस्था साप्ताहिक पत्रिकाले ‘तरुनी फेर्दै दिनरातै तरक्की’ शीर्षकमा उनीबारे समाचारनै प्रकासन गरेको छ । उक्त पत्रिकाको समाचारमा उनको विभिन्न महिलासँगको सम्बन्धका बारेमा उल्लेख गरिएको छ । यसबाहेक उनले आफ्ना बुबाको नाममा रहेको प्रतिष्टानका लागि उठाएको रकम समेत हिनामिना गरेका छन् भन्ने आरोप समेत लगाइएको छ । जनआस्थाको उक्त समाचारमा दीनबन्धुले रुपन्देही जिल्लाको मुर्गीयास्थित घिमिरे परिवारकी छोरी विमलासँग विवाह गरेका थिए । अहिले उनले विमलालाइ चितवनको बैरियामा राखेका छन्। उनका साथमा तीन वर्षकी छोरी दिविसा पनि रहेकी छन् । अर्कोतिर भने तनहुँ, डुम्रेकी यशोदा भन्ने युवतीसँग विवाह गर्ने वाचा गर्दैछन् । यसोदालाइ दीनबन्धुले यस्तो प्रस्ताव राखेपछि उनले आफ्नी दिदीलाई यो कुरा सुनाएपछि चितवनको पार्वतीपुरमा रहेकी दीनबन्धुकी ठूलीआमाको घरमा यस विषयमा छलफल भएको थियो । त्यस छलफलमा दीनबन्धुले यशोदाकी दिदीलाई भने, मसँग भोलि मेरी आमा र तपाईँकी बहिनी मात्रै हुनेछिन् भनेका थिए । विमलासँग आफ्नो घरबार नचल्ने भएकोले उनले यसो भनेका हुन । तर, अहिले न त दीनबन्धुले विमलासँग सम्बन्ध विच्छेद गरेका छन्, न त यशोदालाई विवाह गर्छु भन्न नै छाडेका छन् । अर्कोतिर राजधानीको कलंकीमा रहेको एलआरआई स्कूल पछाडि लक्ष्मी घिमिरे नामकी एक महिलालाई उनले घर बनाइदिएका छन् । यस ठाउँमा पनि उनले विमलासँग आफ्नो घरबार नचल्ने बताएका छन् । समाचारमा बताइए अनुसार यी पण्डित दीनबन्धुका बाबु वाचन शिरोमणि पं. नारायणप्रसाद पोखरेल स्मृति प्रतिष्ठनको भ्रातृ संस्था मातृशक्तिकी अध्यक्ष लक्ष्मीले पहिल्यै बुटवलका तुलसीसँग विवाह गरेकी थिइन् । उनी पनि अहिले दीनबन्धुको भर परेर बसेकी छिन् रे । उनको यस्तो आचरणमा परिवारले समेत आपत्ति जनाउँदै आएको छ । यस्तो कर्तुत गरेपछि सुध्रनुको सट्टा उनले सँगै हिँड्ने गरेका दाजु सुन्दरलाई समेत आफ्नो टोलीबाट हटाइदिएका छन् । उनले राखेको नियमका कारण चितवनको प्रेमवस्ती र स्याङ्जाको गल्याङमा बबाल नै मच्चिएको थियो । जस अनुसार उनले पुराण वाचन गर्दा आफ्ना पछाडि तीन जना रुपमति राख्नुपर्ने। तीमध्ये एक जनालाई उनी आफैंले रोज्नुपर्ने र तिनलाई मन्त्र सिकाउने भन्दै बन्द कोठामा लैजानुपर्ने यस्तो नियमका कारण त्याहाँ बबाल भएको थियो । यस्तै घटनामा पीडित मध्येकी एक नवलपरासीस्थित अरुणखोलाकी विन्दु पन्थी पनि भएको बुझिएको छ । एक अर्को घटनामा थोरै पैसा दिने र धेरै काम लगाउने दीनबन्धुले पोल खुल्ने डरले उनलाई मकवानपुरको पालुङमा आयोजित महायज्ञबाट निकालिदिएका छन् । त्यसैगरि उनले रुपन्देहीको मणिग्राममा १ करोड ६५ लाख रूपैयाँ बराबरको जग्गा खरिद गरेका छन् । आफ्ना बुबाको नाममा स्थापित प्रतिष्ठानको नाममा आयोजकसँग रकम उठाउँदै चितवनको पार्वतीपुरमा १८ कठ्ठा जमिन, बैरियामा ५ कठ्ठा जमिनमा र ४० लाखको घर, कलंकीमा सात आना २ पैसा जग्गा, बानेश्वरको चेल्सी कलेज अगाडि आठ आना, ढुंगेधारा, राधाकृष्ण मन्दिर अगाडि १० आना जग्गा तथा सामाखुसीको रेडन कलेजमा समेत शेयर लगानी गरेको कुरा जनाइएको छ । त्यसैगरि उनले प्रत्येक महायज्ञबाट बुबाको नाममा प्रतिष्ठानको कोषमा जम्मा हुने गरी ५० हजार अतिरिक्त रकम माग गर्ने गरेको कुरा समेत प्रकासन गरिएको छ । यस्तोमा उनले प्रतिष्ठानको खातामा २० हजार हालेर बाँकी आफूले राख्ने गरेका छन् । उनी आफ्नो १४ जनाको आफ्नो भजन टोली लिएर हिड्ने गर्दछन् । यस टोलीका लागि दुई लाख ५० हजार थप खर्च रकम समेत लिने गर्दछन्। यो रकममा ८० हजार बाँडेर बाँकी आफूले राख्ने गरेको बताइएको छ । उनका बुबाको नामको प्रतिष्ठान रामकोटमा स्थापना गर्नका लागि गत बर्ष खुलामञ्चमा महायज्ञ भएको थियो । त्यस महायज्ञबाट ५ करोड उठेकोमा न त रामकोटमा प्रतिष्ठान बनाइयो, न त त्यसको हिसाब किताबनै देखाइयो। उनले बनेपाको उग्रेश्वर महादेवमा पनि नाटकीय पारामा आयोजकसँग एउटा यारिस गाडी फुत्काएका छन् । त्यो गाडी नहुन्जेल सम्म स्फटिक र रुद्राक्षको माला लगाएर मञ्चमा देखिने दीनबन्धु यारिस चढेपछि भने स्पोर्टस् सुज, ट्र्याक र ब्रान्डेड भेस्टमा सजिएर हिड्छन् । समाचारमा त्यस्तो भेषमा उनी शंखमुलमा रहेको होटल सनसेटभ्यु, बानेश्वरको होटल एभरेस्ट, चितवनको गंगोत्री होटल, मनकामनाको रिभरसाइड रिसोर्ट र धुलिखेल रिसोर्ट लजमा देखिने गर्दछन् भन्ने कुरा समेत जनआस्थामा प्रकासन गरिएको छ । पुराणबाचन जस्तो गरिमामय काम गर्ने मानिसको यस प्रकारको कर्तुतहरू सार्वजनिक भएपछि अहिले उनलाइ अघि लगाएर विभिन्न काम गर्नका लागी रकम जुटाउन महापुराण लगाउनेहरू समेत उनी देखि तर्किन लागेका छन् भन्ने कुरा सुनिन आएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger