Widgets

Home » , » केटीको हाँसोको संकेतहरु कस्तो .....

केटीको हाँसोको संकेतहरु कस्तो .....

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


केटी तपाईप्रति आकर्षित छिन् या छैनन् कसरी थाहा गर्ने भनिन्छ हाँस्यो त फस्यो तर कुनै पनि केटी तपाई देखि हाँसिन् भन्दैमा नसोचिहाल्नुस् उनी तपाईप्रति आकर्षित भइन् भनेर । उनी कसरी हाँस्दै छिन् र हाँसो कस्तो छ भन्ने कुराले उनी के चाहन्छिन् भन्ने कुराको अनुमान लगाउन सकिन्छ । याद गर्नुस् उनको हाँसो झुठो पनि हुन सक्छ । यदि उनी घाँटि हल्लाउँदै र प्रष्ट देखिने संकेत गरी हाँस्छिन् भने यो बुझ्नुस उनी तपाई प्रति कति पनि रुचि राख्दिनन् । यस्ता केहि सामान्य संकेतहरु छन् जसबाट तपाई आफै अनुमान लगाउन सक्नु हुन्छ । १) झुठो हाँसो : हाँसो सधैँ सहि हुँदैन । झुठो हाँसोको प्रष्ट अर्थ यो हो की महिला कुनै पनि हालतमा रुचि राख्दिनन् । झुठो हाँसो प्रष्ट बुझिन्छ । यदि मुख अप्ठ्यारो गरि हाँस्छिन् वा पूरा दाँत देखाएर वा चिउँडोलाई अलि माथि उथाएर हाँदै छिन् भने यो बुझ्नुस उनी झुठो हाँसो हाँस्दै छिन् । प्राय : महिलाहरु अन्य कुनै पनि कारणले तर तपाईको साथमा खिसि छिन् र तपाई प्रति नरम भावना देखाउन चाहन्छिन् भने यस्तो हाँसो हाँस्छिन् । २) कुरा गर्ने शैलि : महिलाको कुरा गर्ने शैलिले पनि उनी के चाहन्छिन् भन्ने कुरा बुझ्न सकिन्छ । हो वा होइन भन्ने एक शब्दको उत्तरले उनी तपाईको उपस्थितिमा असुविधा महसुस गर्दै छिन् भन्ने बुझ्नु पर्छ । कम वा छिटो छिटो बोलिराखेकि छिन् भने पनि यो बुझ्नुस् उनले तपाईप्रति रुचि राखेकि छैनन् । अधिकांश त प्रेममय वार्तालाप अलि ढिलो तर मिठासपूर्ण हुन्छ । यदि महिला कुनै कुरा व्याख्या गरे जस्तो बोलिराखेकि छिन् भनेयो बुझ्नुस् उनी तपाईसँग छिटो छुटकारा पाउन चाहन्छिन् । ३) गर्धनको ईशारा : गर्धनको ईशारालाई सधैँ सहि नसम्झनुस् । तपाईको उपस्थितिमा असुविधा भइराखे पनि बोल्नुको साटो गर्धनको ईशारा गरिराखेकि हुन सक्छिन् । यदि उनी तपाईको साथमा कति रमाइराखेकि छिन् भन्ने कुरामा टाउको हल्लाउँछिन् भने तपाईले तुरुन्तै बुझ्न सकिन्छ की उनी अप्ठ्यारो मान्दै छिन् । ४) बाधा : यदि तपाई उनीसँगै बस्न खोज्नु हुन्छ तर उनी तुरुन्तै उठेर पर सर्छिन् वा अर्को ठाउँमा गएर बस्छिन् भने यो भुझ्नुस उनी तपाईसँग डेटिङको लागि तयारी छैनन् । यदि उनी तपाईसँगै बस्छिन् तर हातमा झोला अथवा अन्य केहि राख्छिन् भने यो सोच्नुस् उनी तपाईसँग अप्ठ्यारो मान्दै छिन् । कहिलेकाँहि महिलाले चाहेरै तपाई र उनको बीचमा केहि वस्तु राखेकि हुन सक्छिन् ताकि तपाईले त्यसलाई सजिलै उठाएर अर्को ठाउँमा राख्न नसकोस् । ५) कुराकानीको समयमा तपाई प्रतिको हेराइ : यदि महिला तपाईसँग बसेर कुरा गर्दा अधिकांश समय टाउको निहुराउँछिन् वा आफ्नो जुत्तामा हेरेर बस्छिन् भने यो बुझ्नुस् उनी तपाई प्रति कति पनि रुचि राख्दिनन् । तर कहिलेकाँहि तपाईलाई सिधै नहेरि छड्के हेर्छिन् भने यो बुझ्नुस् तपाईले खोजेको जस्तो व्यक्ति होइन । त्यस्तै गरि वार्तालापको क्रममा उनी तपाईको कुम अथवा हात हेर्दै कुरा गर्छिन् भने उनी तपाईसँग कति पनि आकर्षित छैन भन्ने बुझ्नुस् । ६) स्फुर्ति : यदि महिला वार्तालापको क्रममा एकदम उतेजित हुन्छिन् अथवा अनौठो पाराले प्रतिक्रिया दिन्छिन् भने पनि यो बुझ्नुस् उनी तपाई प्रति रुचि राख्दिनन् । भनिन्छ जब महिला र पुरुष एकअर्कालाई मन पराउँछन् तब उनीहरु आफ्नो थकानलाई भुलेर रमाउन थाल्दछन् । तर यदि उनी तपाईसँग बस्दा र वार्तालापको क्रममा हाई काढेर बस्छिन् तब तपाईले बुझ्नुपर्छ उनको ध्यान तपाईसँग छैन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger