Widgets

Home » , » योनीको बारेमा पाठ पढाएका कारण जागिरबाट हात धुनु परयो

योनीको बारेमा पाठ पढाएका कारण जागिरबाट हात धुनु परयो

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

शिक्षक भएपछि पाठमा भएको कुरा विद्यार्थीलाई पढाउनु उसको धर्म हो वा अहम् कर्तव्य पनि हो । तर कहिलेकाहीँ किताबमै भएको वा सबैले जानेको कुरा पढाउँदा पनि फसाद पर्दो रहेछ । अमेरिकामा भएको छ यस्तै । विद्यार्थीहरुलाई योनीका विषयमा पढाउँदा त्यहाँ एकजना शिक्षकको जागिरै गएको छ ।
vagina
अमेरिकाको उत्तर पश्चिमी इदाहो राज्यमा एक जिव विज्ञानका शिक्षकले महिला गुप्तांग अर्थात् योनीको बारेमा पाठ पढाएका कारण जागिरबाट हात धुनु परेको हो । विचरा ति शिक्षक आखिर पुस्तकमै भएको पाठ पढाएका थिए । तर विद्यार्थीहरुलाई पढाउने बेलामा बुझाउने निहुँमा धेरैपटक योनीको नाम लिएको आरोपमा उनलाई जागिरबाट हटाइयो ।
मेक डेनियल नामका ती अभावीले १० कक्षाको जिव विज्ञान विषयमा रहेको प्रजनन अंग अन्तरगत महिलाको योनीको विषयमा पाढ पढाउँदा यस्तो बज्रपात सहनुपरेको हो ।
समाचार अनुसार विद्यार्थीहरुले कक्षामा पढेको उक्त पाठका विषयमा घरमा गएर आफ्ना बाउआमालाई बताएछन् । तब बाउआमाले ती शिक्षकले आफ्ना छोराछोरीलाई अश्लील कुरा सिकाएको भन्दै स्कुल प्रशासनसँग उजुरी गरे ।
स्मरण रहोस् ती शिक्षकले योनीको बारेमा पढाउँदा भिडियो समेत देखाएर योनीमा कसरी संक्रमण हुन्छ र गर्भाधान रोक्ने लगायतका विषयमा समेत उदाहरण सहित पढाएका थिए ।
ती शिक्षकले आफ्नो सफाइ पेश गर्ने क्रममा आफुले पाठ्यपुस्तकमै भएको कुरा पढाएको र त्यो पढाउनु अपराध नभएको बताएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger