Widgets

Home » » कार्टर सेन्टर नै अबैध ?

कार्टर सेन्टर नै अबैध ?

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१८ चैत, काठमाण्डौं । अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेर कार्टर सेन्टरमा आगामी निर्वाचनमा पनि अन्र्तराष्ट्रिय पर्यवेक्षकको मान्यता दिन आग्रह गरेका छन् ।
२०६४ सालमा सम्पन्न संविधानसभा चुनावमा पर्यवेक्षकका रुपमा आएको सेन्टर यहाँका भने निकायमा दर्ता छैन् । उसले आफुखुसी काम गर्दै आएको छ । तत्कालीन आठ राजनीतिक दलको औपाचारिक निमन्त्रणामा संविधानसभा निर्वाचनको पर्यवेक्षण गर्न कार्टर सेन्टर नेपाल आएको थियो । कार्टर सेन्टर कार्टरले स्थापना गरेको संस्था हो ।
carter-centreउक्त संस्थाको आधिकारिकतामाथि सरकारले प्रश्नचिन्ह खडा गरेपछि त्यसलाई औपचारिक मान्यता दिलाउने पहल गर्न कार्टर अहिले नेपाल आएको स्रोतको दाबी छ । कार्टर सेन्टरले नेपालमा काम गर्ने हो भने परराष्ट्र मन्त्रालयको राष्ट्रसंघ हेर्ने महाशाखाको स्वीकृति लिएर समाजकल्याण परिषद्मा दर्ता हुनुपर्छ । शक्ति मुलुकको पूर्वराष्ट्रपतिको संस्थाको हैसियतमा सेन्टरले नेपालमा काम गरिरहेको परराष्ट्रका एक अधिकारीले बताएका छन् । उनले भने ‘नेपाल सरकारको ऐननियममा बाँधिएर काम गरेमा सरकारले स्वागत गर्छ अन्यथा उसका गतिविधिलाई मान्यता दिन सकिँदैन् ।’
नेपालमा रहेका कार्टर अहिले राष्ट्रपछि, मन्त्रिपरिषद्का अध्यक्ष तथा अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटमा सक्रिय भएको अन्नपूर्ण पोष्टमा खबर छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger