Widgets

Home » » मञ्चमै रोएकी बिजुक्छे पत्नीलाई सम्हालिन पूर्व मिस नेपालले

मञ्चमै रोएकी बिजुक्छे पत्नीलाई सम्हालिन पूर्व मिस नेपालले

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ चैत, काठमाण्डौं । १५ बर्ष अघि आफुलाई स्तन क्यानसर हुँदा अरुलाई सुनाउन डराउने भक्तपुरकी शोभा बिजुक्छे अहिले उक्त रोग विरुद्ध चेतना जगाउने अभियानमा सक्रिय भएकी छन् । स्वदेशमै उपचार गराएपछि रोग निको भयो अनि उनलाई ज्ञान भयो स्तन क्यान्सर भन्ने बित्तिकै आत्तिनु नपर्ने रहेछ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेकी पत्नी शोभाले आफ्नो अनुभव सुनाइन ‘सुरुमा वरिष्ठ क्यानसर रोगविज्ञ डा. प्रकाश सायमीले तपाईलाई स्तन क्यानसर भएकाले शल्यक्रिया गर्नुपर्छ भन्दा त मेरो होसै उडेको थियो ।’ त्यसपछि उनले पतिलाई त्यसबारे जानकारी गराएकी थिइन् । ‘त्यही बेला एक दिन क्यान्सरसम्बन्धी जनचेतना जगाउने कार्यक्रमा मेरा पतिको भेट वरिष्ठ क्यान्सर रोगविज्ञ डा. राजेन्द्र बरालसँग भएछ, त्यसपछि डा. बरालले घरमै आएर आत्तिनु पर्दैन नेपालमै उपचार हुन्छ भन्दै ढाडस दिनुभयो ।’ सुरुमा रोग लुकाउने शोभा आजभोली रोग लुकायो भने गाह्रो हुने भएकाले यसलाई नलुकाउन र राम्रो उपचार र आत्मबल भयो भने क्यानसर पनि निको हुन्छ भन्दै अरु महिलालाई पनि सन्देश बाँड्दै हिँड्न थालेको अन्नपूर्ण पोष्टमा खबर छ । उनीजस्तै काठमाण्डौंकी सुरेखा कार्की, तथा सुमित्रा श्रेष्ठपनि ्क्यान्सर भन्ने संका लाग्ने वित्तिकै चिकित्सकको सल्लाह लिन आग्रह गर्छन् । कार्यक्रममा आफ्नो विगत सुनाउँदै भावुक बनेका शोभा बिजुक्छे सहितका अन्य महिलाहरुलाई सोही अभियानमा लागेकी पूर्व मिस नेपाल सुगारिका केसीले सम्हालेकी थिइन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger