Widgets

Home » » वैद्य माओवादी लुटपाटमा उत्रन थाल्यो निर्वाचन आयोगका कम्प्युटर रातारात लुटिए

वैद्य माओवादी लुटपाटमा उत्रन थाल्यो निर्वाचन आयोगका कम्प्युटर रातारात लुटिए

Written By sangalo on Wednesday, March 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

mohan baidya
१४ चैत, काठमाडौं । खिलराज रेग्मी नेतृत्वमा चुनावी सरकार गठन भएलगत्तै निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई तीब्रता दिएको छ ।
तर, निर्वाचन आयोगको यो अभियानलाई चुनौती दिँदै वैद्य पक्षीय माओवादी कार्यकर्ताहरु छापामार शैलीमा लुटपाटमा उत्रिन थालेका छन् । मंगलबार राति नुवाकोटमा आयोगका ल्यापटप र अन्य सामाग्रीहरु माओवादीबाट लुटिएका छन् ।
निर्वाचन आयोगले पूर्णता पाएपछि चुनाबी तयारीका कामले तीव्रता पाएको छ । मुख्य राजनीतिक दलहरु चुनावको रणनीतिमा लागेका छन् । दलहरुको गतिबिधिबाट वाक्क भएका जनता पनि चुनाव भएमा राजनीतिक स्थिरता हुन्छ कि भन्ने आशले मतदानको ‘मूड’ बनाउन थालेका छन् । तर, नेकपा-माओवादी लगायतका केही दल भने चुनावको बिरोधमा मात्र होइन, वर्तमान सरकारले गर्ने चुनावै बिथोल्ने रणनीतिमा लागेका हुन् ।
मंगलबार राति निर्वाचन आयोगको कार्यालय नुवाकोटबाट चतुराले गाँउ विकास समितिमा खटिएको फोटोसहितको मतदाता नामावली सङ्कलक टोलीका सामान लुटिएको छ । रातिको समयमा चारजनाको समूहमा नकाब र हातमा लाठी लिएर आएका व्यक्तिहरूले आफूहरू नेकपा-माओवादीको कार्यकर्ता भन्दै निर्वाचनसँग सम्बन्धित सामग्रीहरू लुटेर लगेका हुन् । मतदाता नामावली सङ्कलनको तीन दिने कार्यक्रमअन्तर्गत मंगलबार पहिलो दिन आठजनाको नाम सङ्कलन गरी चतुराले गाविसको वडा नम्बर १ स्थित मङ्गलदाश श्रेष्ठको घरमा सुत्न लागेका समयमा ल्यापटप, किबोर्ड, चार्जर, वेभ क्यामरा, फिङ्गर पि्रन्ट र निर्वाचनसँग सम्बन्धित कागजात लुटेर लगेको कम्प्युटर अप्रेटर रिना अर्यालले सञ्चार माध्यमलाई दिनुभयो ।
नामावलीमा छुटेका मतदातालाई समेट्न आयोगले चैत १ गतेदेखि घरदैलो अभियान थालेलगत्तै माओवादी र लिम्बुवान यसको बिरोधमा छन् । पाँचथर, ताप्लेजुङ्ग, भोजपुर, संखुवासभा, पाल्पा, सुर्खेत, रोल्पा, बाग्लुङ्ग, नुवाकोट, म्याग्दीलगायतका जिल्लामा पुगेका निर्वाचन टोलीका ल्यापटप, मतदाता अनुसूचि फारमलगायतका सामग्री खोसेका छन् । मतदाता नामावली संकलनमा अवरोध हुन थालेपछि गृहमन्त्रालयले चुनावको वातावरण बनाउन सम्बन्धित पक्षसित आग्रह गर्दै अवरोध गर्नेलाई कार्वाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । तर, गृहले निर्देशन दिएको तीन दिन भैसक्दा समेत अवरोध रोकिएको छैन । अवरोध गर्नेलाई कार्वाही पनि भएको छैन । बरु उल्टै वैद्यपक्षका कार्यकर्ताले निर्वाचन आयोगका सामाग्रीसमेत लुट्न थालेका छन् ।
नामावली संकलनमा सहयोग गर्न आयोगको आग्रह
अहिले चुनावको मितिबारे टुंगो नभए पनि छुटेकाहरुको मतदाता नामावली संकलन गर्ने योजना आयोगले पहिलेदेखि नै बनाएको हो । ‘फोटोसहितको मतदाता नामावली संकलनमा छुटेकाको विवरण लिने र अद्यावधिक गर्ने काम हाम्रो नियमित कार्य हो’ आयोगका प्रवक्ता अनिलकुमार ठाकुरले भन्नुभयो । मतदाता सूचीमा नाम लेखाउन छुटेमा त्यो मतदान गर्ने अधिकार त हनन् हुन्छ नै । अहिले तयार पारिने सूचीकै आधारमा राष्ट्रिय परिचय पत्र बनाउने सरकारी योजना रहेकाले अर्को काममा पनि धक्का पुग्छ । पछि त्यहि परिचयपत्रका आधारमा सामाजिक सुरक्षा भत्ता लिने लगायतका सुविधा दिने सरकारको तयारी छ । त्यसैले जनताको अधिकार बञ्चित हुने काम नगर्न आयोगले सम्बन्धित सबै पक्षसित आग्रह गरेको छ ।
मतदाता नामावली संकलनमा अवरोध गर्ने नेकपा माओवादी भने आयोग र सरकारसँग भन्दा पनि मुख्य चार राजनीतिक दलसित रीस फेर्ने रणनीतिमा छ । फागुन ३० गते मुख्य दलहरुबीच भएको सहमति अर्थात रेग्मी नेतृत्वमा गठन भएको सरकार खारेज हुनुपर्ने उसको माग छ । ‘हामी जनताको अधिकार बिरुद्धमा होइन, गैरराजनीतिक व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने प्रतिगमन बिरुद्ध आन्दोलनमा छौं’- नेकपा माओवादी प्रवक्ता पम्फा भुसाालले भन्नुभयो-’वर्तमान सरकार खारेज गरेर दलहरुको सहमतिमा नयाँ सरकार गठन नहुँदासम्म चुनाव हुन दिन्नौं ।’
सरकारले गृहमार्फत् कानूनी कारवाही गर्ने वक्तव्य निकालेर आफ्नो दायित्व पूरा भएको सम्झिएको छ । तर, कांग्रेस सभापतिले सुशील कोइरालाले पोखरामा आयोजित पत्रकार सम्मेलनमा आफूहरुले चुनावको वातावरण बनाउनका लागि वैद्यपक्षसँग पनि कुराकानी गर्ने बताउनुभएको छ । वैद्यका कार्यकर्ताहरु भने सरकारी चेतावनीको वेवास्ता गर्दै निर्वाचन आयोगका भातिक सामाग्रीसमेत कब्जा गर्ने अभियानमा लागेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger