Widgets

Home » » पत्रकार महासंघ बिरुद्ध आन्दोलनमा उत्रने चेतावनी

पत्रकार महासंघ बिरुद्ध आन्दोलनमा उत्रने चेतावनी

Written By sangalo on Wednesday, March 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१४ चैत, काठमाडौं । आदिबासी जनजाति पत्रकार संघ (अनिज) सहित बिभिन्न क्षेत्रसँग सम्बन्धित पत्रकार संघहरुले तत्काल समावेशी आधारमा विधान संशोधन नगरे नेपाल पत्रकार महासंघ विरुद्ध आन्दोलनमा उत्रने चेतावती दिएका छन् । उनीहरुले पोखरामा यसैसाता सम्पन्न केन्द्रीय साधारण सभाको बन्दसत्रमा प्रस्तुत विधान शंसोधन प्रस्ताव षडयन्त्रमूलक र अवैधानिक तरीकाले फिर्ता लिइएको भन्दै आन्दोलनको चेतावती दिएका हुन् । अनिजको आह्वानमा बुधबार काठमाडौंमा सम्पन्न एक भेलाले संघर्ष महासंघविरुद्ध आन्दोलनका लागि समिति समेत गठन गरेको छ । संघर्ष समितिमा अनिजसहित विभिन्न १३ पत्रकार संघहरु रहेका छन् । अनिजको नेतृत्वमा रहने संघर्ष समितिमा मधेशी पत्रकार संघ, क्रियाशील पत्रकार महिला -डब्ल्यू डब्ल्यू जे), मधेशी मिडिया हाउस, जागरण मिडिया सेन्टर, राष्ट्रिय अपाङ पत्रकार संघ, किरात राई पत्रकार संघ, तमु सञ्चारकर्मी संघ नेपाल, आम मगर सञ्चारकर्मी संघ र लिम्बु पत्रकार संघका प्रतिनिधिहरु रहका छन् । यस्तै एथ्नीक मिडिया फाउन्डेशन, तामाङ सञ्चार समुह, थारु पत्रकार संघ र नेवा पत्रकार राष्ट्रिय दबुका प्रतिनिधि पनि समितिमा रहने बताइएको छ । आन्दोलनमा नेपाल पत्रकार महासंघका केन्दि्रय सदस्यहरु दिलिप थामा मगर, प्रकाशचन्द्र परियार, सिद्धराज राई, धर्मेन्द्र कर्ण र राजेश मिश्रको ऐक्यवद्धता रहेको छ । भेलापछि जारी विज्ञप्तिमा पोखरा साधारण सभाको बन्द सत्रमा प्रस्तुत विधान शंसोधन प्रस्ताव फिर्ता लिने महासंघको निर्णयमा गम्भिर असहमति जनाईएको उल्लेख्य छ । ‘पोखरा साधारण सभामा षडयन्त्रपूर्ण र अवैधानिक रुपमा विधान शंसोधन प्रस्ताव फिर्ता लिइएको छ, हामी त्यसको घोर भत्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त निर्णय तत्काल सच्याएर विधान शंसोधन नगरे हामी कडा आन्दोलनमा उत्रन बाध्य हुने छौँ ।’ भेलाले महासंघ नेतृत्वको अबैधानिक कदमप्रति असहमति जनाउदै राजिनामा दिनुभएका केन्दि्रय सदस्य खिम घलेको कदमको उच्च सम्मान गरिएको बिज्ञप्तिमा उल्लेख छ । साथै भेलाले साधारणसभामा महासंघ केन्द्रीय सदस्यहरु प्रकाशचन्द्र परियार, सिद्धराज राई, दिलिप थापा मगर, धर्मेन्द्र कर्ण र राजेश मिश्रले खेल्नु भएको भूमिकाको प्रशंसा गरिएको जनाइएको छ । विज्ञप्तिको पूर्ण विवरण : नेपाल पत्रकार महासंघको पोखरामा (चैत ९ र १०) भएको केन्द्रीय साधारणसभाको बन्दसत्रमा प्रस्तुत बिधान संसोधन प्रस्ताव षड्यन्त्रमुलक र अबैधानिक तरिकाले फिर्ता लिएकोमा हाम्रो गम्भीर असहमति छ । पत्रकार महासंघको पूर्ण सातौ केन्द्रीय समितिको बैठकले सर्बसम्मत रुपमा पाश गरेको बिधान संसोधन प्रस्तावलाई बन्द सत्रमा प्रस्तुत गरी छलफल जारी रहँदा अध्यक्ष शिव गाउँलेले प्रस्तावित शंसोधन प्रस्तावलाई सार्बभौम साधारणसभामा छलफल नै नगराई षड्यन्त्रमुलक तरिकाले फिर्ता लिएको अबैधानिक कदमको हामी घोर भत्र्सना गर्दछौं । महासंघको केन्द्रीय कमिटिको पूर्ण बैठकले सर्बसम्मत रुपमा पाश गरेको बिधान संसोधनलाई अध्यक्षको एकल निर्णयबाट फिर्ता लिई जबरजस्ती साधरणसभा सम्पन्न गराएकोले साधारणसभा नै अबैधानिक भएको हाम्रो निकष्र्ष हो । प्रेस स्वतन्त्रता र लोकतन्त्रको पहरेदारको रुपमा स्थापित पत्रकार महासंघ जस्तो गरिमामय संस्थाका नेतृत्वले गरेको यस किसिमको अवैधानिक कदम अत्यन्त खेदजनक छ । समावेसी सिद्धान्तलाई आत्मसात गरिसकेको पत्रकार महासंघलाई अझै बिशिष्ट रुपमा अगाडी बढाउन ल्याईएको लेखा समितिको निर्वाचन, पत्रकारहरुको योग्यता क्षमता अभिबृद्धि लगायतका अन्य प्रस्तावित प्रस्तावहरुलाई समेत हठात् अन्त्य गरिनु षड्यन्त्रमुलक कदम भएको ठहर छ । महासंघलाई अझ प्रभावकारी बनाउँने गरी ल्याएको बिधान संसोधन प्रस्तावलाई हठात् फिर्ता लिनु आदिवासी, जनजाति, मधेसी, दलित,मुस्लीम, महिला, अल्पसंख्यक, अपाङगता भएका र अन्य पछाडि पारिएको समुदाय र क्षेत्र माथिको षड्यन्त्र हो । महासंघको केन्द्रीय समितिका सदस्यहरु र सम्मानीत वन्दसत्रका सभासद्हरुको भावना र माग बिपरित बिधान संसोधन फिर्ता लिनु अत्यन्तः भत्र्सनायोग्य छ । यस्तो अबैधानिक कदमलाई तत्काल सच्चाएर समावेशी सिद्धान्तको आधारमा बिधान संसोधन गर्न हामी जोडदार माग गर्दछौं । साथै महासंघ नेतृत्वको अबैधानिक कदमप्रति असहमती राख्दै महासंघका केन्द्रीय सदस्य खिघ घलेले दिनुभएको राजीनामाको हामी उच्च सम्मान व्यक्त गर्दछौं । यसका साथै महासंघका केन्द्रीय सदस्यहरु प्रकाशचन्द्र परियार, सिद्धराज राई, दिलिप थापा मगर, धमेन्द्र कर्ण र राजेश मिश्रले साधारणसभामा खेल्नुभएको भुमिकाको प्रशंसा गर्दछौं । महासंघको अबैधानिक कदमलाई सच्चाएर तत्काल समावेशी सिद्धान्तका आधारमा बिधान संसोधन नगरे हामी कडा आन्दोलन गर्ने सम्बन्धीत पक्षलाई चेतावनी दिन चहान्छौं । साथै हाम्रो माग पुरा गराउँन संघर्ष समिति गठन गरेको जानकारी गराउँदछौं । उपस्थितिः नाम संस्था १) मोहनसिं लामा अध्यक्ष, आदिवासी जनजाति पत्रकार संघ २) मोहनकुमार सिंह अध्यक्ष, मधेशी पत्रकार संघ ३) सुभेच्छा बिन्दु अध्यक्ष, क्रियासिल पत्रकार महिला-डब्ल्यू डब्ल्यू जे) ४) राजेश अहीराज अध्यक्ष, मधेस मिडिया हाउस ५) रेमबहादुर बिश्वकर्मा अध्यक्ष, जागरण मिडिया सेन्टर ६) डण्ड गुरुङ अनिज, महासचिव ७) रविन थपलिया अध्यक्ष, राष्ट्रिय अपाङग पत्रकार संघ ८) राजेश चाम्लिङ अध्यक्ष, किरात राई पत्रकार संघ ९) दिलिप थापा मगर केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ १०, धर्मेन्द्र कर्ण केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ ११) गंगा देबी गुरुङ तमु संचार कर्मी संघ नेपाल, सचिव १२) टिका प्रधान अध्यक्ष, द हिमालयन टाईम्स शाखा, नेपाल पत्रकार महासंघ १३) मधुसुधन थामा मगर आम मगर सञ्चारकर्मी संघ सचिव १४. राजेश राई सचिव प्रेस चौतारी नेपाल १६) बिजयबोध लावती महासचिव, लिम्बु पत्रकार संघ १७) देबकुमार सुनुवार एथ्नीक मिडिया फाउन्डेसन १८) दिपेन्द्र गुरुङ तमु सञ्चारकर्मी संघ १९) अनिता गुरुङ तमु सञ्चारकर्मी संघ २०) प्रकाश चन्द्र परियार केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ २१) बद्रीकाजी गुरुङ पार्षद, नेपाल पत्रकार महासंघ २२) जगत दोङ अध्यक्ष, तामाङ सञ्चार समुह २३) लक्की चौधरी उपाध्यक्ष, थारु पत्रकार संघ २४) एलएस लामा पार्षद, नेपाल पत्रकार महासंघ २५) खिघ घले अनिज, सल्लाहकार २६) सुरजबिर बर्ज्रचार्य सचिव, नेवा पत्रकार राष्ट्रिय दबु

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger