Widgets

Home » » हो म पछि परेँ : दिलिप रायमाझी

हो म पछि परेँ : दिलिप रायमाझी

Written By sangalo on Wednesday, March 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

चलचित्र ‘आदिकवी भानुभक्त’, ‘जिन्दगानी’ , ‘दर्पणछाया’ लगायतका सिनेमाले बजारमा सुपरहिटको व्यापार गर्दा नायक दिलिप रायमाझीको चर्चा सर्वाधिक माथी थियो । उनको अभिनय र नृत्यको तारिफ सबैले गर्थे । उनलाई राजेश हमाललाई पनि उछिन्न सक्ने नायकको रुपमा विश्लेषण गरिएको थियो ।तर सिनेमा नगरीमा नायक रायमाझी अहिले हराएजस्तै छन् । उनका हातमा सिनेमा छैनन् भन्दा पनि हुन्छ । सामान्य भन्दा सामान्य भिडियो फिल्ममा पनि उनी अभिनय गर्न वाध्य छन् ।
उनै नायक रायमाझीले अनलाइनखबरसँगको एक भेटमा कुरा गर्दै आफू कलाकारको रुपमा पछि परेको स्विकार गरेका छन् । तपाइको २०६९ साल कस्तो रह्यो भन्ने प्रश्नमा दिलिपले भने, ‘म यो बर्ष कलाकारको रुपमा पछि परे ।’ उनले निर्माण गरेको सिनेमा ‘मिस यू’ ले पनि खासै राम्रो व्यापार गर्न सकेन । उनले आफू कलाकारको रुपमा टिकिरहन नसकेको स्विकार गरेका छन् । एक बर्षभरी नै चलचित्र ‘मिस यू’ को विशेष प्रदर्शनका लागि आफु लण्डनमा रहेको दिलिपको भनाई छ ।
उनले आफूले हिम्मत नहारेको बताए । ‘म सँग अझै पनि लक्ष्य छ, राम्रो कलाकार भएर म फेरी आउन सक्छु भन्ने अठोट छ’ , उनले अनलाइनखबरसँग भने ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger