Widgets

Home » » तिब्बतको राजधानी ल्हासा नजिकको सुन खानीमा पुरिए ८३ मजदूर

तिब्बतको राजधानी ल्हासा नजिकको सुन खानीमा पुरिए ८३ मजदूर

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
तिब्बतको राजधानी ल्हासा नजिक भएको भूस्खलनमा परी ८३ जना खनिज मजदूर पुरिएर वेपत्ता भएका छन् । उनीहरुको खोजीका लागि एक हजारभन्दा बढी प्रहरी, अग्नी नियन्त्रक, चिकित्सकलगायत उद्दारकर्ता खटाइएको छ । १५ सय फीटमाथि रहेको उक्त दुर्घटनास्थलमा उद्दारकर्ताहरु खटिएका हुन् । मैझोकुनगर क्षेत्रमा गएको पहिरोमा मजदूर रहेको वस्तीसहितको ठूलै इलाका पुरिएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । उक्त खनिज राज्य सरकारको स्वामित्वमा रहेको नेशनल गोल्ड ग्रुपको एक सहायक कम्पनीको रहेको समाचार उल्लेख छ । यो चीनकै सबैभन्दा ठूलो सुन उत्पादक कम्पनी हो । पुरिएका मजदूरमा दुई तिब्बती तथा अरु हान समुदायको रहेको बताइएको छ । १३ मजदूरको भने उद्दार गरिएको बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger