भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

हास्यकलाकार विल्सन विक्रम राई यतिखेर तक्मे बुढाको नामले चिरपरिचित छन् । हास्य टेलिश्रृंखला 'मेरी बास्सै'मा तक्मे बुढाको भूमिका निभाएपछि उनलाई दर्शकले यसै नामले चिन्ने गरेका हुन् । यिनै तक्मेबुढाको नेपाली फिल्ममा पनि माग बढ्दो क्रममा रहेको छ । फिल्म सायदले अपार सफलता दिएपछि विल्सनको माग बढ्न थालेको हो । विल्सनलाई अपकमिङ प्रोजेक्टले भिन्न रुपमा परिचय गराउने भएको छ । यस अघिका फिल्ममा भन्दा आगामी फिल्म 'वान वे' र 'अर्धकट्टी'मा विल्सनको भूमिका फरक हुने भएको हो । सुरज सुब्बा नाल्बोले निर्देशन गर्ने फिल्म वान वेमा विल्सन साईको क्यारेक्टरमा प्रस्तुत हुनेछन् । राजकुमार राईले निर्माण गर्ने वान वेको भदौ दोस्रो सातादेखि छायांकन सुरु हुनेछ । यसमा विल्सनको साथमा रविन तामाङ, विपिन कार्की, सिद्धार्थ गुरुङ लगायतको अभिनय रहनेछ । त्यस्तै सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गर्ने फिल्म अर्धकट्टीमा भने विल्सनको रोल सोझो र सरल ग्रामीण युवकको हुनेछ । भदौको अन्तिमबाट सुरु हुने अर्धकट्टीलाई प्रदीप उदयले निर्माण गर्न लागेका हुन् । दुवै फिल्मको भूमिकालाई दर्शकले मन पराउनेमा विल्सन ढुक्क छन् ।
Nepalese Rupee Converter

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.