Widgets

Home » » रणवीरसँगको रोमान्सपछि शाहरुखसँग कट्रिना

रणवीरसँगको रोमान्सपछि शाहरुखसँग कट्रिना

Written By sangalo on Sunday, July 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

पछिल्लो समयमा अभिनेता रणवीर कपुरसँगको रोमान्सका कारण चर्चामा रहेकी अभिनेत्री कट्रिना कैफले पर्दा भित्र पुन शाहरुख खानसँग रोमान्स गर्ने भएकी छिन् । यसअघि फिल्म 'जब तक हे जान' मार्फत बक्स अफिसमा धमाका मच्चाएका शाहरुख र कट्रिनाले फराह खानको 'ह्याप्पी न्यू ईयर'मा काम गर्ने भएका हुन् । आगामी सेप्टेम्बरदेखि सुरु हुने यस फिल्ममा कट्रिना र शाहरुखको मुख्य भूमिका हुनेछ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार यसअघि यस फिल्मको लागि दिपिका पादुकोणलाई लिइने कुरा भएपनि व्यस्तताको बाबजुद दिपिकाले ह्याप्पी न्यू ईयरलाई इन्कार गरेकी थिइन् । कट्रिनाको आगामी फिल्म बैंग बैंगका अभिनेता ऋतिक रोशनको ब्रेन सर्जरीका कारण यसको छायांकन ढिला हुन पुगेको हो । फराह खान फिल्म 'चेन्नई एक्सप्रेस' को रिलिजको प्रतिक्षामा रहेकी छिन् । यसको रिजिल पछि नै ह्याप्पी न्यू ईयरको काम सुरु हुनेछ । यस फिल्ममा अभिषेक बच्चन र बोमन ईरानीले पनि अभिनय गर्नेछन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger