Widgets

Home » , » छिट्टै आत्मसर्मपण गर्ने संजयको तयारी

छिट्टै आत्मसर्मपण गर्ने संजयको तयारी

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

भारतको सर्वोच्च अदालतले ५ बर्षको जेल सजाय सुनाएपछि नायक संजय दत्त निक्कै भावुक बनेका छन् । सर्वोच्चको आदेश पश्चात पहिलो पटक मिडिया सामु देखिएका संजयले छिट्टै नै आत्मसर्मपण गर्ने बताएका छन् ।संजयले भावुक हुदै भने, ‘म देश र सर्वोच्च अदालतको सम्मान गर्दछु, यसैले चाडै नै आत्मसर्मपण गर्ने तयारीमा छु ।’
उनले आफूसँग समय कम र काम धेरै भएको भन्दै सबै काम सक्ने उद्घोष पनि गरेका छन् । संजयले आफूले माफी नमाग्ने बताउदै भने, ‘म देशको सम्मान गर्दछु तर माफी माग्दिन, जसले मेरो लागि माफी मागिरहेका छन् उनीहरु सबैलाई धन्यबाद दिन चाहन्छु ।’
संजयले आफूसँग समय कम भएको भन्दै शान्तीसँग बाच्न दिन संचारमाध्यमलाई पनि आग्रह गरे । सन् १९९३ मा मुम्बइमा भएको बम काण्डमा सहयोग गरेको तथा ‘एके ४७’ जस्तो हतियार घरमा लुकाएर राखेको आरोपमा उनलाई सर्बोच्च अदालतले ५ बर्षको जेल सजाय सुनाएको छ । संजयले साढे ३ बर्ष जेल जीवन बिताउनु पर्नेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger