Widgets

Home » » हराइरहेको बिमान अपहरण भएको निश्कर्ष

हराइरहेको बिमान अपहरण भएको निश्कर्ष

Written By sangalo on Saturday, March 15, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Malesian PM

क्वालालम्पुर, चैत्र १ - मलेसियाली अधिकारीले एक सातादेखि बेपत्ता मलेसियन एयरलाईन्सको बिमान अपहरण भएको हुनसक्ने निश्कर्ष निकालेका छन् । २२७ यात्रु र १२ चालक दलका सदस्यसहित मलेसियाको क्वालालम्पुरबाट चीनको राजधानी बेइजिङ उडेको बिमान सातादेखि बेपत्ता छ । मलेसियाका प्रधानमन्त्री नाजिब रजाकले फ्लाइट एमएच३७० को सञ्चार प्रणाली कसैले बन्द गरिदिएको दाबी गरे । स्याटलाईट र राडारको आधारमा संकलित सूचनामा बिमानले बाटो परिवर्तन गरेको देखिएको उनले बताए । सञ्चार प्रणाली बन्द गरेपछि बिमान थप ७ घण्टा उडेको हुनसक्ने मलेसियाली अधिकारीको निश्कर्ष छ । हराइरहेको बिमानबारे मलेसियाको आधिकारीक धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री रजाकले मलेसियाको पूर्वी समुद्री किनारमा पुगेपछि बिमानको सञ्चार प्रणाली बन्द गरिएको प्रमाण पाइएको बताए । मलेसिया र भियतनामको ट्राफिक कन्ट्रोलको बीचमा बिमानको पहिचान चिन्ह दिने ट्रान्सपोन्टरको स्वीच अफ गरिएको प्रधानमन्त्रीले भने । मलेसियाली सैनिक राडारले बिमान मलेसियातर्फ फर्किएर उत्तर-पश्चिमदिशातर्फ लागेको संकेत दिएको थियो । प्रधानमन्त्री रजाकले राडारको सम्पर्क बिच्छेद भइसकेपछि स्याटेलाइटलेसात घण्टाभन्दा बढी बिमान उडेको संकेत देखाएको जानकारी दिए । उनले नयाँ तथ्यसँगै खोजी कार्य नयाँ चरणमा प्रवेश गर्ने जानकारी दिए । उनले खोजीमा संलग्न अधिकारीहरु अब बिमान र त्यसमा सवार यात्रुबारे केन्द्रीत रहने बताए । प्रधानमन्त्रीको पत्रकार सम्मेलनलगत्तै प्रहरीले बिमान चालक जाहिरी अहमदको क्वालालम्पुरस्थित घरमा छापा मारेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger