भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१७ फागुन, इलाम । इलामको चुलाचुली गाविस-२ का वीरबहादुर लावतीले शनिबार बिहान मादकपदार्थ सेवन गरी मातेपछि बुहारीमाथि छुरा प्रहार गरेका छन् । घरमा अन्य सदस्य नभएको मौकामा वीरबहादुरले बुहारी दिलमाया लावतीको दाहिने पाखुरामा छुरा प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । छुरा प्रहार गर्ने वीरबहादुर र घटनामा संलग्न रहेको आशङ्कामा छिमेकी दिलप्रसाद लावतीलाई समेत प्रहरी चौकी पेल्टिमारीले पक्राउ गरेको छ । गम्भीर घाइते दिलमायाको झापाको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ । रासस स्रोत : अनलाईनखबर
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.